काठमाडौं – आईसीसी सुपर लिगअन्तर्गत बंगलादेशको ढाकामा जारी एकदिवसीय सिरिजमा घरेलु टिमले पाहुना टोली बंगलादेशलाई ३३ रनले हराएको छ। ढाकामा आइतबार राति सम्पन्न खेलमा २५८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ११ लब बाँकी रहँदै पूरा विकेट गुमाएर २२४ रनमा समेटिएपछि बंगलादेशले जित निकालेको हो।
त्यसअघि टस जितेर ब्याटिङ राजेको बंगलादेशले पूरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा २५७ रन बनाएको थियो। बंगलादेशका लागि मुसफिवर रहिमले सर्वाधिक ८४ रन जोडे। त्यस्तै, महमदुल्लाह र कप्तान तामिम इक्वालले ५४ र ५२ रनको अर्धसतकीय पारी खेलेका थिए।
श्रीलंकाका लागि धनञ्जय डी सिल्वाले तीन विकेट लिए भने धुसमन्थ चमिरा, धनुषका गुनाथिलाका र लक्षण सन्दकनले समान १–१ विकेट लिए। जवाफी ब्याटिङमा श्रीलंकाका वानिन्दु हसरंगाले ७४ रन बनाए भने कप्तान कुसल परेराले ३० रन बनाएका थिए। बंगलादेशका मेहेदी हसन मिर्जाले चार विकेट गिराए। यस्तै मुस्तफिजुर सहमानले तीन विकेट लिएका थिए।
सुपर लिगमा सात खेल खेलेको बंगलादेशले तीन चार जित निकालेको छ भने तीन हार बेहोरेको छ। चार खेल खेलको श्रीलंकाले सबै खेलमा हार बेहोरेको छ। बंगलादेश चार चौथो स्थानमा छ भने श्रीलंका १२ औं स्थानमा छ।