शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जसपा नेता ओली सरकारमा सामेल भए पार्टीबाट निष्काशन, बैठक बोलाउने अधिकार उपेन्द्रलाई

जसपा नेता ओली सरकारमा सामेल भए पार्टीबाट निष्काशन, बैठक बोलाउने अधिकार उपेन्द्रलाई

‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भए स्वतः निष्काशन हुने प्रष्ट गरिएको छ,’ बैठकपछि प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

triton college

‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भए स्वतः निष्काशन हुने प्रष्ट गरिएको छ,’ बैठकपछि प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय पनि गरेको छ।

बैठकले जनता समाजवादी पार्टीको नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिशा विपरीत कार्य गर्दै गराउँदै हिँडेका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ।

पार्टी विरोधी गतिविधिमा संलग्न अन्यको बारेमा आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको जानकारी दिइएको छ।

corrent noodles
Metro Mart

बैठकले पार्टीको बारेमा संचारमाध्यममा भ्रम आएको भन्दै खण्डन गरेको छ। पार्टी कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेको हुँदा कुनै व्यक्ति संसदीय दलको नेता भएको अफवाह विल्कुलै झुठो भएको जसपाले जनाएको छ।

त्यसैगरी लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनेको/नबनाइएको स्पष्ट पारेको छ। ‘जेष्ठ ७ गते मध्यरातमा महन्थ ठाकुरले राष्ट्रपतिको कार्यालयमा जनता समाजवादी पार्टीको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको हुँदा त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने प्रष्ट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

बैठकले जेष्ठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको संविधानको धारा ७६(५) को प्रक्रिया प्रारम्भ भइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दै प्रतिनिधिसभा विघठनको सिफारिस गर्ने निर्णय अलोकतान्त्रिक, गैर संवैधानिक, अनैतिक तथा प्रतिगमनकारी भएको ठहर गर्दै निन्दा र भर्त्सनासमेत गरेको छ ।

No description available.

No description available.

प्रकाशित: May 23, 2021| 15:51 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।