शुक्रबार, वैशाख ७, २०८१

पुदिना : माइग्रेनको औषधी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पुदिना हाम्रो भान्सामै पाईने एक उपयोगी औषधी हो । जसले विभिन्न रोगको उपचारका लागि उपयोगि औषधिको काम गर्छ ।

'अरोमाथेरापी' मा पनि पुदिनाको प्रयोग हुन्छ । भिटामिन सीको मात्र धेरै भएको पुदिनालाई चियाका रुपमा पनि प्रयोग गर्न सकिन्छ । जसले मन मस्तिष्कलाई नै फ्रेस बनाउँछ ।

पुदिनाको प्रयोग भएका चुईगम, टुथपेस्ट र माउथवासमा पनि भएको छ । यसको उद्देश्य मुखभित्रका श्वासप्रश्वासको समस्या समाधान गर्नु नै हो ।

'इरिटेबल बोवेल सिन्ड्रोम' को उपचार

पुदिना 'इरिटेबल बोवेल सिन्ड्रोम' को उपचारलाई उपयोगी मानिन्छ । जसले पेट दुखाई र जहाज वा विमानबाट लामो यात्रा गरेकाहरुको लागि थकान मेटाउन सहयोग गर्छ । 'डाइजेस्टिभ एन्ड लिभर डिजिज जर्नल २००७' ले गरेको अध्ययन अनुसार पुदिनाको तेलको प्रयोग बाट उचार गर्दा 'आईबीएस' रोगीहरुको पेट चार हप्तामा सुधार हुन्छ ।

दिँनहु धेरै पटक पुदिनाको चिया पिउँदा 'आईबीएस'को समस्या समाधान हुने चिकित्सहरु बताउँछन् । जसका लागि पुदिनाको क्याप्सुल पनि प्रयोग गर्न सकिनेछ ।

पुदिनाको चियाबाट टाउको दुखाइको उपचार

पुदिनाले धेरे किसिमले टाउको दुखाई निको पार्छ साथै माइग्रेन र तनावलाई हटाउन सहयोग गर्दछ । रक्त्त सञ्चारमा सुधार गर्नुका साथै थाकेका मांशपेशीमा उर्जा थप्न पुदिना उपयोगी हुन्छ । पुदिनामा खास एनलेजिक प्रभाव हुन्छ जसले दुखाई कम गर्छ ।

आफूले प्रयोग गर्ने कुनै पनि तेलमा तीन थोपा पुदिनाको तेल मिसाएर मालिस गर्दा शीतल र आनन्द महसुस हुन्छ ।

वान्ताको औषधि

१९९७ मा 'इङल्यान्ड' अवस्थित 'लिवरपुल विश्वविद्ययालय' को अध्ययन अनुसार पुदिना वाकवाक लाग्ने समस्याबाट बच्ने राम्रो उपाय हो । पुदिनाको जुस, चिया र पुदिना तेलको केही थोपा रुमालमा राखी सुंघदा वाकवाकी लाग्ने तथा वान्ता हुने समस्याबाट समाधान हुनेछ ।

श्वास गनाउनेका लागि उपयोगी

पुदिनामा 'एन्टी बेक्ट्यरियल' गुण हुन्छ जसले मुखभित्र हुने ब्याक्टेरिया रोकेर दाँतलाई बलियो, चम्कीलो र सांस गनाउने समस्याको अन्त्य गर्छ ।

पुदिना भएको मञ्जनको प्रयोग, पुदिनाको पात चपाउने र पुदिनाको चियाले कुल्ला गर्दा मुख र दाँतसँग सम्बन्धित समस्या समाधान हुन्छ ।

दमको अचुक उपचार

पुदिन एलर्जी, खोकि र दमका रोगीहरुका लागि पुदिना निकै फाइदाजनक छ । पुदिनामा हुने इम्फ्लेमेट्री, एन्टीअक्सीडेटले श्वासप्रश्वासका समस्याबाट मुक्ति दिन्छ ।
 
नरिवलको तेलमा पुदिनाको तेल मिसाएर छाती, नाक र घाँटीमा मालिस गर्नाले श्वास फेर्न सजिलो हुन्छ ।

दमका रोगीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिँदा उपयोगी हुन्छ ।

जोर्नीको दुखाईबाट मुक्ति

हात, खुट्टा र जोर्नीको दुखाईमा बदामको तेलमा पुदिनाको केही थोपा मिलाएर मालिस गर्दा दुखाईबाट आराम पाउन सकिन्छ ।

छालाको हेरचाह

पुदिना एक राम्रो 'एन्टिसेप्टिक' पनि हो जसले छालाको संक्रमण, दाग, डण्डीफोर हटाउन मद्दत गर्छ । त्यसका लागि पुदिनाको ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुने ।

गर्मी मौसममा एलर्जीबाट बच्न, क्यान्सरको रोकथाम, मुख स्वास्थ्यमा हेरचाह, तौल घटाउने जस्ता विभिन्न समस्याहरुबाट बच्न पुदिनाले मद्दत गर्दछ ।

बहुउपयोगी गुण भएको पुदिनाको बढी प्रयोग गरे स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ । पुदिनाको अत्यधिक सेवन भए मृगौलामा असर गर्नुका साथै शरीरमा पत्थर बढाउँछ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्