काठमाडौं– नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब नाघेको छ। चालु आर्थिक वर्षको १० महिना (साउन देखि वैशाख)सम्म नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ क रोड ४ लाख २३ हजार रुपैयाँ पुगेको हो।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सो अवधिमा कुल १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यस्तै १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। नेपालको उक्त व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४८ प्रतिशतले बढी हो।
गत वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको रहेको थियो। गत आवमा नेपालको निर्यात ८२ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बराबरको रहेको थियो। त्यस्तै आयात १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बराबरको रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ।