काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा आईसियू, भेन्टिलेटर तथा अक्सिजन प्लान्टको स्थापनाका लागि २ अर्ब ९३ करोड बजेट छुट्याएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार ३६० आईसीयू, १० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांकका लागि उक्त बजेट छुट्याइएको हो। कोशी अस्पताल विराटनगरका लागि ६ करोड, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १ करोड ८० लाख, गजेन्द्र नारायणसिंह अस्पतालका लागि ३ करोड ८० लाख, नारायणी अस्तपाल वीरगन्जका लािग ९ करोड ८० लाख बजेट छुट्याइएको छ।
त्यस्तै भरतपुर अस्पताललाई ९ करोड ८० लाख, स्त्री रोग अस्पताल थापाथलीलाई ६ करोड ८० लाख, धुलिखेल अस्पताललाई ६ करोड ८० लाख, वीर अस्पताललाई ३० करोड ८० लाख, सहिद गंगालाल अस्पताललाई ८० लाख, राष्ट्रिय ट्रमा सेन्टरलाई ९ करोड, मनमोहन कार्डियो भाष्कुलर तथा थोरासिक सेन्टरलाई ८० लाख रुपैयाँ छुट्याइएको छ।
त्यसैगरी नेपाल प्रहरी अस्पतालमा ९ करोड ८० लाख, सशस्त्र प्रहरी अस्पतालमा ९ करोड ८० लाख, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ करोड, वीरेन्द्र अस्पताल छाउनीमा ९ करोड, निजामती कर्मचारी अस्पतालमा ६ करोड ८० लाख, कान्ति बाल अस्पतालमा ६ करोड ८० लाख, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ करोड ८० लाख, त्रिवि शिक्षण अस्पतालमा १२ करोड, चितवनको भरतपुर अस्पतालमा ८० लाख, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ करोड ८० लाख, वीपी कोइराला श्वासप्रश्वास अस्पतालमा ९ करोडका सामग्री किनिनेछ।
यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ करोड, भेरी अस्पतालमा १५ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८० लाख, डडेल्धुरा अस्पतालमा ६ करोड ८० लाख, मेची अस्पतालमा ९ करोड, प्रादेशिक अस्पताल जनकपुरमा ९ करोड ८० लाख, भक्तपुर अस्पतालमा ३ करोड ८० लाख, बागलुङ अस्पतालमा ३ करोड, भिम अस्पताल भैरहवामा ३ करोड ८० लाख, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ९ करोड ८० लाख, सुर्खेत प्रादेशिक अस्पतालमा १२ करोड ८० लाख, सेती प्रादेशिक अस्पतालमा ६ करोड ८० लाख र महाकाली अस्पताल कञ्चनपुरमा ९ करोड ८० लाख छुट्याइएको डा. गौतमले जानकारी दिए।