शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कालो ढुसीको महामारी घोषणा, समयमा उपचार नपाए मृत्युदर ९४ प्रतिशत पुग्ने चेतावनी

भारतमा कालो ढुसीको महामारी घोषणा, समयमा उपचार नपाए मृत्युदर ९४ प्रतिशत पुग्ने चेतावनी

भारतमा कोरोना भाइरसको संक्रमणसँगै म्युकोमाइकोसिस अर्थात् कालो ढुसीको संक्रमणसमेत बढ्दै गएको छ। भारतभर अहिलेसम्म करिब ९ हजार कालो ढुसीका बिरामी रहेको तथ्यांकले देखाएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– भारतमा कोरोना भाइरसको संक्रमणसँगै म्युकोमाइकोसिस अर्थात् कालो ढुसीको संक्रमणसमेत बढ्दै गएको छ। भारतभर अहिलेसम्म करिब ९ हजार कालो ढुसीका बिरामी रहेको तथ्यांकले देखाएको छ।

triton college

कालो ढुसी रोग अहिले भारतभर प्रकोपका रुपमा फैलिरहेको विज्ञहरुले जनाएका छन्। कोरोना भाइरसको संक्रमणसँगै सुरु हुने कालो ढुसीका कारण आँखा समेत फाल्नु परिरहेको छ। भाइरसका संक्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा समेत गुमाउनु निकै पीडादायक क्षण हो।

विज्ञहरुले कालो ढुसीको संक्रमण मधुमेह भएकाहरुमा बढी देखिने जनाएका छन्। भारतमा कालो ढुसी देखिएका बिरामीको मृत्युदर ५० प्रतिशत छ। कालो ढुसी कोरोना भाइरसका संक्रमित निको हुने अवस्थामा देखा परिरहेको स्वास्थ्य विज्ञहरुले तर्क गरेका छन्।

कोरोना भाइरसको उपचारमा प्रयोग गरिने स्टेरोइड औषधीको प्रयोगका कारण कालो ढुसी देखा परेको स्वास्थ्य विदहरुले बताइरहेका छन्। विज्ञहरुका अनुसार भाइरसको संक्रमण निको भएको १२ देखि १८ दिनको बीचमा कालो ढुसीको प्रभाव देखिरहेको छ। भारतको पश्चिम बंगाल,महाराष्ट्र र गुजरातमा कालो ढुसीको प्रकोप बढी रहेको बीबीसीले जनाएको छ।

कालो ढुसीको प्रकोप बढ्दै गएपछि भारतका २९ राज्यले कालो ढुसीलाई महामारी घोषणा गरेका छन्। कालो ढुसीको प्रकोप बढेपछि उपचारका लागि स्थापना गरिएका वार्डहरु भरिएका छन्। भारतको इन्दोर सहरस्थित एक अस्पतालमा गत साताससम्म कालो ढुसीका ८ जनामात्रै बिरामी भएकोमा शनिबार मात्रै १ सय ८५ जना अस्पताल भर्ना भएका छन्।

corrent noodles
Metro Mart

अस्पताल भर्ना भएका बिरामीमध्ये ८० प्रतिशतको तुरुन्तै शल्यक्रिया गरिहाल्नु पर्ने अवस्था रहेको अस्पतालका डाक्टर भीपि पाण्डेले बीबीसीलाई बताएका छन्। ‘कालो ढुसीको प्रकोप कोरोना भाइरसको संक्रमणभन्दा बढी चुनौतिपूर्ण बनेको छ । समयमै उपचार नपाउने हो भने मृत्युदर बढेर ९४ प्रतिशतसम्म पुग्न सक्छ,’ डा पाण्डेले भनेका छन्।

उनले कालो ढुसीको औषधीको अभाव रहेको र उपचार पनि महँगो भएको जनाएका छन्। कालो ढुसीले साइनस मस्तिष्क र फोक्सोलाई असर गर्ने गरेको पाइएको छ। चिकित्सकका अनुसार कालो ढुसीका बिरामीलाई एम्फोटेरेसिन बी अथवा एम्फो बी भनिने एन्टि फङ्गल औषधी प्रत्येक दिन आठ सातासम्म दिइरहनुपर्ने हुन्छ।

मधुमेह, एचआइभी एड्स तथा रोग प्रतिरोेधात्मक क्षमता कम भएका मानिसलाई कालो ढुुसी रोग प्राणधातक भएको स्वास्थ्यविदले जनाएका छन्। कालो ढुसीको प्रकोप कोभिड– १९ संक्रमणबाट मुक्त भएका पुरुषहरुमा बढी देखिएको छ। भारतका स्वास्थ्यकर्मीले गरेको अध्ययन अनुसार प्रत्येक १ सय जना संक्रमितमा ७९ जना पुरुष कालो ढुसीबाट प्रभावित रहेका पाइएका छन्।


 

प्रकाशित: May 23, 2021| 11:26 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।