बिहीबार, वैशाख १३, २०८१

३२.८१ अंकले बढ्यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ। यस दिन नेप्से नयाँ अलटाइम हाइ पुगेसँगै कारोबार रकमले पनि नयाँ रकेर्ड बनाएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ। यस दिन नेप्से नयाँ अलटाइम हाइ पुगेसँगै कारोबार रकमले पनि नयाँ रकेर्ड बनाएको छ।

triton college

राजनीतिक अन्योलका बाबजुद यस दिन नेप्सेले नयाँ रेकर्ड बनाएको हो। गत शुक्रबार राति संसद् विघटन भएपछि आज बजारमा कस्तो प्रभाव पर्ला भन्ने अन्योलमा लगानीकर्ता थिए। त। बजार खुलेको केही समयपछि नै नेप्से उकालो लागेको थियो।

आइतबार नेप्से परिसूचक ३२.८१ अंक बढेर २८२० विन्दुमा बन्द भएको छ। यो हालसम्मकै उच्च विन्दु हो। यस दिन हालसम्मकै उच्च रकम बराबरको सेयर खरिदबिक्री भएको छ। यस दिन २२० कम्पनीको १ लाख २६ हजार १२४ पटकको कारोबारमा ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ५१ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्सेले नयाँ उचाइ कायम गरेसँगै १६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्किट लेभलमा कारोबार हुनेमा विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनीहरु रहेका छन्।

कर्णाली डेभलपमेन्ट बैंक, ग्रीड डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मार्दी, कालिका पावर, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

corrent noodles
Metro Mart

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ७.५४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन फाइनान्स उपसमूहको परिसूचक ६.७६ प्रतिशत बढेको छ। 

प्रकाशित: May 23, 2021| 10:05 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्