शनिबार, वैशाख ८, २०८१

भिडियोमा यस्तो बन्यो ‘मेरो प्यारो ओखलढुंगा’

युग कविकै शब्द रचना तथा स्वरसम्राट नारायण गोपालको संगीत र स्वरमा तयार भएको ‘मेरो प्यारो ओखलढुंगा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडाैं - आज युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती। यही अवसरमा युग कविकै शब्द रचना तथा स्वरसम्राट नारायण गोपालको संगीत र स्वरमा तयार भएको ‘मेरो प्यारो ओखलढुंगा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। 

triton college

युगकवि सिद्धिचरण प्रतिष्ठानको निर्माणमा बनेको गीतलाई निर्देशक दिनेश डिसीले निर्देशन गरेका छन्। भिडियोमा युगकविका बारेमा अध्ययन गर्न चाहने दुई विद्यार्थीले उनको जन्मस्थलसम्मको यात्रालाई प्रस्तुत गरिएको छ। सात मिनेट लामो गीतलाई सत्य नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 

भिडियोमा कलाकार समीक्षा पोखरेल, महेश खड्कासहित स्वयं निर्देशक डिसीकाे पनि अभिनय छ। तीन वर्षअघि खिचिएको भिडियो निर्देशक डिसीले आज सार्वजनिक गरेका हुन्। भिडियोलाई सुरेश घिसिङले खिचेका हुन्।

प्रकाशित: May 23, 2021| 07:55 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्