शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • फेरि छोडियो सतर्कता अपनाउन, के पैसाबाट यो भेरियन्ट नसर्ने हो?

फेरि छोडियो सतर्कता अपनाउन, के पैसाबाट यो भेरियन्ट नसर्ने हो?

पैसा, कागज वा पत्रपत्रिका छुँदा सतर्कता अपनाउनुपर्ने विज्ञहरूले औंल्याए पनि सर्वसाधारणले सतर्कता अपनाउन छाडेको देखिन्छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - कोभिड-१९ को पहिलो लहरका बेला पत्रपत्रिका, पैसा तथा कागजबाट पनि संक्रमण सर्न सक्ने औंल्याइएको थियो। त्यतिबेला भौतिक दूरी कायम गर्नुपर्नेलगायत पैसा, कागज वा पत्रपत्रिका छुन पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरूले औंल्याएका थिए।

triton college

तर, कोभिड-१९ को दोस्रो लहरमा संक्रमणदर र मृत्युदर उच्च हुँदा सर्वसाधारणले ती उपाय अपनाउन छाडेको देखिन्छ। सरकारले निषेध आदेश जारी गरे पनि गत वर्षको जस्तो कार्यान्वयन देखिँदैन।

बिहान तरकारी पसल, किराना पसलमा भीडभाड उस्तै छ। सरकारले निषेध आदेश जारी गर्दै बिहान एक समय मात्रै पसल खुला गर्न सकिने व्यवस्था गरेकाले बिहान मात्रै पसल खुल्ने गरेका छन्। तर, पसलमा भीडभाड कायमै छ भने दूरी कायम गरी सतर्कता अपनाएको एकदमै न्यून देखिन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक वासुदेव पाण्डे आमनागरिकले पहिलेको जस्तो सतर्कता अपाउन छोडेको बताउँछन्।

‘पहिले जस्तो सतर्कता अहिले छैन। अहिले त कन्ट्याक्ट ट्रेसिङ गर्ने भन्ने कुरा नि हरायो,’ उनी भन्छन्, ‘किनभने अहिले समुदायमा नै रोग गइसक्यो।’

corrent noodles
Metro Mart

त्यस्तै डा. शेरबहादुर पुन पनि सर्वसाधारणले पहिलेको भन्दा सतर्कता अपनाउन छोडेको बताउँछन्।

पोहोर सालको लकडाउन पनि प्रभावकारी नभएको र त्यसबाट संक्रमण झन फैलिएको उनले बताए। ‘पोहोर लकडाउन प्रभावकारी नदेखिएको हुनाले अन्त्यमा गएर धेरै मान्छेलाई संक्रमित बनायो,’ उनी भन्छन्, ‘अहिले पोहोरको जस्तो बाहिर धेरै चहलपहल नदेखिए पनि मान्छेको अटेरी गर्ने बानी हटेको छैन। पहुँचवाला सानो चक्र सक्रिय छ। त्यो चक्र रहिरह्यो रहे निषेध आदेश खुल्दा भयावह अवस्था हुने छ।'

केही पहुँच भएकाहरूले यस वर्ष पनि निषेध आदेश पालना नगरेको उनी बताउँछन्। 

हात धुन नबिर्सौं

विज्ञहरूले पत्रपत्रिकामा पैसा एवं कागजपत्रलाई छोएपछि अनिवार्य हात धुनुपर्ने बताउँदै आएका छन्।

‘सामुदायमा पूरै फैलिसकेपछि सतहमा गएर बस्ने कुरा हो। जसरी हुँदा पनि भाइरस चाहिँ खोक्दा, हाँछ्यु गर्दा जे गर्दा पनि मुखबाट निस्किने हो,’ डा. पाण्डे भन्छन्, ‘निस्केर सतहमा बस्ने, इन्फेक्टेड छ। त्यही पैसामा छ भने पैसालाई छोएपछि त्यसको सतहबाट हातमा र हातबाट मान्छेमा जाने कुरा हो। त्यसैले राम्रारी साबुन पानीले हात धुनुपर्छ। हात नधोईकनै नाकमुखमा हात लाउनु हुँदैन।’

पछिल्लो समय समुदायमा नै कोरोना फैलिसकेको हुनाले त्यो मात्रैबाट नभएर अन्य तरिकाबाट पनि कोरोना संक्रमणको सम्भावना रहेको पाण्डेको भनाइ छ।

‘कागजबाट सर्ने सम्भावना एकदमै न्यून हुन्छ। मान्छेहरू अलिकति हेलचेक्र्याइँ गर्ने खालको पनि भए,’ उनी  भन्छन्, ‘पहिला जस्तो सबै कुरा गर्दै गरेनन् नि अहिले। मान्छे कम डराउने भएका छन्। पोहोरको जस्तो लकडाउन कार्यान्वयन भएको छैन। काम गर्नेले गरिराखेकै छन्।’

अहिलेको भाइरस गएको वर्षको भन्दा बेग्लै भएको हुनाले सतर्कता अपनाउन एकदमै जरुरी रहेको डा. पाण्डेको भनाइ छ। पैसा, सामान छोए पनि घर गएर साबुन पानीले हात धुने, नाकमुख नछुने गरियाे भने सर्ने सम्भावना कम हुने उनी बताउँछन्।

अहिलेको संक्रमणदर, मृत्युदर, भाइरसको प्रकृति हेर्दा सतर्कता अपनाउनुपर्ने उनी बताउँछन्।

त्यस्तै डा. पुनले कोरोना भाइरस नियन्त्रणका लागि सतर्कता अपनाउनुपर्ने बताउँछन्। ‘सबैले सतर्कता अपनाउनुपर्छ। निषेध आदेश सबैले पालना गुर्नपर्छ। त्यो भएन पनि कुनै बेलामा लकडाउन खोल्ने बित्तिकै ह्वात्तै नबढ्ला भन्न चाहिँ सकिँदैन’ उनी भन्छन्।

प्रकाशित: May 24, 2021| 04:57 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।