काठमाडौं - नेकपा एमाले फुटेर असन्तुष्ट पक्ष माधव झलनाथ पक्षले अर्को पार्टी निर्माण गर्ने चर्चाकै बीच एमाले केन्द्रीय सदस्य विष्णु रिजालले दुई एमाले चल्लान र भन्दै प्रश्न गरेका छन्।
उनले नेपालमा फुटेर बनेको पार्टी चलेको इतिहास नभएको भन्दै यस्तो प्रश्न गरेका हुन्। ‘एमाले संकटको डिलमा पुगेको छ। अरू त हुँदै गर्ला, एउटा कुरा पक्का छ फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन,’उनले लेखेका छन्।
नेता माधव नेपाल पक्षमा रहेका रिजाल केहीसमय अघि मात्रै संस्थापन पक्षमै फर्किएका नेता हुन्।
‘नबिर्सौ विगतमा दुई कांग्रेस चलेनन, दुई एमाले चलेनन, दुई माओवादी चलेनन, दुई राप्रपा चलेनन, दुई मधेसी दल चलेनन, दुई विवेकशील चलेनन, फेरि दुई एमाले चल्लान र?’, उनले प्रश्न गर्दै सोधेका छन्।