धनगढी - डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको दिपायलसिलगढी नगरपालिका–८, लडागडा सेटिगाउँकी २१ वर्षीय कलादेवी कडायतको भीरबाट लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायलसिलगढी नगरपालिका–८ निवासी उनको भीरबाट लडेर मृत्यु भएका हो।
गाउँ नजिकै रहेको कोइरेलीगाड जंगलमा घाँस काट्न गएको समयमा भीरबाट लडेर मृत्यु भएको मल्लले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।