शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • निषेध आदेशले बदलिएको कारोबार : अनलाइनबाट अर्डर, घर-घरमै चामल

निषेध आदेशले बदलिएको कारोबार : अनलाइनबाट अर्डर, घर-घरमै चामल

कोरोना महामारीबाट जोगिने र बजार मूल्यभन्दा सस्तोमा पाइने भएपछि अनलाइनबाटै चामल खरिद गर्नेहरू बढेका छन्। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

सुर्खेत - गत सोमबार वीरेन्द्रनगर-१० की रत्ना गुरुङको भान्सामा चामल सकियो। तर, बजार गएर चामल ल्याउने अवस्था थिएन। 

triton college

न बजार खुलेको छ, न त सहज परिस्थिति छ। संक्रमण दिनप्रतिदिन बढेको बढ्यै।

यस्तो महामारीमा उनले घर बाहिर निस्कनु उचित ठानिनन्। तर, पेट भर्न त चामल चाहियो। 

बिहान दुई घण्टा बजार त खुल्थ्यो। तर, बजार गएर चामल लिन उनले आँट गरिनन्। बरु घरबाट बाहिर ननिस्केरै चामलको जोहो गर्ने उपाय खोजिन्।  

अनि नेपालफुडको अनलाइनबाट चामल ‘अर्डर’ गरिन्। त्यसको केही समयमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले उनको घरमै चामल पुर्‍याइदियो।

corrent noodles
Metro Mart

रत्नाजस्तै वीरेन्द्रनगर–६ गणेशचोकका सुनिल पौडेल र वीरेन्द्रनगर–७ गुरुङचोकी सुष्मा दाहाल पनि महामारीमा बजार निस्कन सहज मानेनन्। त्यही भएर उनीहरूले पनि चामलको जोहो अनलाइनबाटै गरे। 

‘पहिले थोरै ग्राहक हुनुहुन्थ्यो, निषेध आदेशपछि ग्राहकको संख्या बढेको छ। हिजोआज अनलाइनबाटै दैनिक २–३ क्विन्टल अर्डर आउँछ।’

अचेल वीरेन्द्रनगरका अधिकांश परिवारले अनलाइनबाटै घरमा चामल किन्ने थालेका छन्। कोरोना महामारीबाट जोगिने र बजार मूल्यभन्दा सस्तोमा पाइने भएपछि अनलाइनबाटै चामल खरिद गर्नेहरू बढेका छन्। 

महामारीका कारण सुर्खेतमा चार हप्तादेखि निषेध आदेश छ। निषेध आदेशपछि कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर बजार सुनसान छ। 

मानिसहरू आउजाउ गरेको फाट्फुट्टमात्रै देखिन्छ। सबैलाई महामारीको त्रास छ, जसकारण अनलाइनबाट उपभोग्य वस्तु मगाउने क्रम बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्र बताउँछन्। 

‘पहिले थोरै ग्राहक हुनुहुन्थ्यो, निषेध आदेशपछि ग्राहकको संख्या बढेको छ,’ उनले भने, ‘हिजोआज अनलाइनबाटै दैनिक २–३ क्विन्टल अर्डर आउँछ।’

कम्पनीले २५ केजीको जिरा मसिनो चामललाई १५५० रूपैयाँ, ३० केजीको सोना मन्सुलीलाई १४९० र २५ केजीको अरुवा मोटो चामललाई ११५० रूपैयाँमा बिक्री गर्दै आएको छ।

अनलाइनबाट कसरी खरिद गर्ने चामल ?

मोबाइल प्रयोग गर्न सक्ने र सामान्य अंग्रेजी भाषा बुझ्ने सबैले सहजै अनलाइनबाट चामल अर्डर गर्न सक्छन्। 

अनलाइन सेवा लिन ब्राउजरमा गएर नेपालफुडकाे वेबसाइट खाेल्नुहाेस्। त्यसपछि स्थान छनौट गर्नुहोस् भनेर अप्सन आउँछ। 

सुर्खेतका लागि हो भने त्यहाँ सुर्खेत क्लिक गर्ने। त्यसपछि आफूलाई चाहिएको चामल छनौट गर्न एडटुकार्ड गरेर चाहिएको परिणाम लेख्नुपर्छ। 

अनलाइनबाटै भुक्तानी गर्दा आफूले प्रयोग गर्ने आईडी र पासवर्ड राखेर पैसा तिर्न सकिन्छ। बिल भुक्तानी गरेपछि संस्थानले फोन गर्छ र घरमै चामल पुर्‍याइदिन्छ।

कन्टिनियू गरेपछि तपाईंले प्रयोग गर्ने इमेल आईडी र पासवर्ड राखेर रजिष्टर गर्नुपर्छ। 

रजिस्टर गर्दा आफ्नो नाम, इमेल आईडी, मोबाइल नम्बरपछि इमेलको पासवर्डलाई कन्फर्म गर्नुपर्दछ।

पुनः अर्डरमा केही मिस्टेक भयो कि भनेर देखाउँछ। दोस्रो पटकमा पुनः आफ्नो मोबाइल नम्बर माग्छ, जुन मोबाइल नम्बर तपाईंको घरमा चामल पुगाउँदा कर्मचारीले सम्पर्क गर्ने भनेर मागिएको हो। 

त्यसपछि तपाईंले ठेगाना वीरेन्द्रनगर वडा नम्बर र स्थान छनोट गर्नुपर्छ। त्यसपछि कन्ट्रीमा नेपाल, प्रोभिन्समा कर्णाली, सिटीमा सुर्खेत, इन्ट्रक्सनमा आफू भएको स्थान राखिसकेपछि क्यालकुलेटिङ सिपिङ आउँछ। 

सुर्खेत बजार लेखिएकोमा कन्टिनियु गरेपछि पेमेन्ट सिस्टम आउँछ। त्यहाँ अनलाइनबाटै पैसा तिर्न मिल्ने अप्सनहरू (ई–सेवा, आईएमई–पे वा अन्य कुनै सेवा) हरू देखाउँछ। 

अनलाइनबाटै भुक्तानी गर्दा आफूले प्रयोग गर्ने आईडी र पासवर्ड राखेर पैसा तिर्न सकिन्छ। बिल भुक्तानी गरेपछि संस्थानले फोन गर्छ र घरमै चामल पुर्‍याइदिन्छ।

प्रकाशित: May 23, 2021| 01:34 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्