शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय भेरियन्टको संक्रमण बढेपछि बेलायतले बढायो परीक्षण, ५ करोड डोज भ्याक्सिन लगाइयो

भारतीय भेरियन्टको संक्रमण बढेपछि बेलायतले बढायो परीक्षण, ५ करोड डोज भ्याक्सिन लगाइयो

बेलायतको उत्तरपूर्वी नर्थ टेनिसाइडमा परीक्षण बढाउन निर्देशन दिइएको छ। यस्तै पश्चिमी लन्डनमा पनि परीक्षण बढाउन भनिएको हो। ह्यारो, इलिङलगायतका क्षेत्रमा समेत परीक्षण बढाइएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। पछिल्लो समय बेलायतमा भारतीय भेरियन्टको संक्रमण तीव्र बन्दै गएको छ।  
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

लन्डन- संयुक्त अधिराज्य बेलायतमा कोरोना भाइरसको भारतीय भेरियन्टको संक्रमण बढेको छ। भारतीय भेरियन्टको कोरोना भायरसको संक्रमण बढेको भन्दै बेलायतले परीक्षणको दायर विस्तार गरिएको जानकारी दिएको हो। 

triton college

बेलायतको उत्तरपूर्वी नर्थ टेनिसाइडमा परीक्षण बढाउन निर्देशन दिइएको छ। यस्तै पश्चिमी लन्डनमा पनि परीक्षण बढाउन भनिएको हो। ह्यारो, इलिङलगायतका क्षेत्रमा समेत परीक्षण बढाइएको त्यहाँका अधिकारीहरूले उल्लेख गरेका छन्। पछिल्लो समय बेलायतमा भारतीय भेरियन्टको संक्रमण तीव्र बन्दै गएको छ।  

बेलायतमा भारतीय भेरियन्टको संक्रमण बढेको भन्दै जर्मनीले इंगल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डबाट देश प्रवेशमा आइतबारदेखि रोक लगाएको छ। 

५ करोड डोज भ्याक्सिन लगाइयो 
बेलायतले ५ करोड डोज भ्याक्सिन लगाइएको जानकारी दिएको छ। बेलायती स्वास्थ्यमन्त्री म्याट हान्ककले ५ करोडभन्दा बढी डोज भ्याक्सिन लगाइएको जानकारी ट्विटरमार्फत् दिएका हुन्। 

'आजसम्ममा बेलालयतमा ५ करोडभन्दा बढी डोज कोरोना भ्याक्सिन लगाइएको छ,' ट्विटमा उनले लेखेका छन्, 'यो सबैभन्दा ठूलो र महत्वपूर्ण प्रयासमध्येको एक हो। यो काम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद।'

corrent noodles
Metro Mart

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को तथ्यांकअनुसार हालसम्म ५ करोड २ लाख ४२ हजार ४०२ डोज भ्याक्सिन लगाएको हो। पछिल्लो एक दिनमा मात्रै बेलायतमा ५ लाख ६३ हजार ४६८ डोज भ्याक्सिन लगाइएको हो। 

यीमध्ये ३ करोड १५ लाख ४६ हजार ८४६ जनाले पहिलो डोजको भ्याक्सिन लगाएका हुन् भने बाँकी १ करोड ८६ लाख ९९ हजार ५५६ जनाले दोस्रो डोजको पनि मात्रा पूरा गरेका हुन्। 

वर्ल्डोमिटरको तथ्यांकअनुसार बेलायतको जनसंख्या ६ करोड ८२ लाख छ। 

प्रकाशित: May 22, 2021| 13:56 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।