शुक्रबार, वैशाख ७, २०८१

अाजका अखबारः बजारमा केही छैन् खान योग्य !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

नागरिक दैनिकले बजारमा खानै नहुने खाद्यवस्तु विक्रिवितरण भएको, कांग्रेस भित्रको विवाद पेचिलो बन्दै गएको, दुई नम्बर प्रदेशको नाम मधेश र भाषा हिन्दी अस्वीकार्य हुने भन्दै कांग्रेस र नेकपाले अडान राखेको विषयलाई पहिलो पृष्ठमा छापेको छ । 

अन्नपूर्ण पोष्टले भने माओवादी मजदुरमा ऋणको पिरलोले सताएको, रौतहटमा बालकको अपहरणपछि हत्या भएको विषयलाई मुख्य समाचार बनाएको छ । 

चिनियाँ ठेकेदार वेपत्ता हुँदा अन्तर्राष्ट्रिय विमानस्थल विस्तार फेरि अलपत्र बनेको, नेपालको कर प्रणाली परिवर्तन गर्ने पक्षमा सरकार रहेको लगायतका विषयलाई कारोबार दैनिकले पहिलो पृष्ठमा स्थान दिएको छ ।
 
बजारमा खानै नहुने खाद्यवस्तु

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’ ओलीको भनाइ थियो ।

यो भनाइ बजारमा बिक्रीवितरण हुने अखाद्य वस्तुको विकृतिप्रति लक्षित थियो । माछामा प्रयोग गर्ने फर्मा्लिनले मानव स्वास्थ्यमा असर पुर्याउने भएकाले बजारको बेथितिबारे प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री ओलीको भनाइले अहिलेको बजारको अवस्थालाई प्रतिनिबिम्बित गर्छ । माछामात्र नभएर अहिले बजारमा बिक्रीवितरण हुने खाद्यवस्तुमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन भेटिएका छन् ।

नागरिक दैनिकमा प्रकाशित खबर अनुसार बाबा भेजिटेबल आयल उद्योगले उत्पादन गरेको सोयाबिन आयलमा पेरोक्साइड भ्यालु बढी भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा उक्त तेलमा मानव स्वास्थ्यमा असर पर्ने दूषित तत्व भेटिएको हो । 

बाबा तेलमात्र नभएर कुसुम आयल, बागमती, स्वस्तिक, आरतीलगायतका खाना पकाउने तेल दूषित र गुणस्तरहीन भेटिएको गुण नियन्त्रण विभागले जनाएको छ । गुणस्तरहीन तेल प्रयोग गर्दा झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन् ।

तेलमात्र नभएर खाद्यान्न, तरकारी, फलफूल, पेय पदार्थ, मासु, पानी, दूध, मिठाईंमा पनि मानव स्वास्थ्यमा असर पार्ने विभिन्न रसायन मिसावट गरेर बिक्रीवितरण गरेको भेटिएको छ । एसियन थाई फुड्सले उत्पादन गरेको तयारी चाउचाउमा चिल्लोको एसिड भ्यालु बढी भएकाले न्यून गुणस्तर भएको विभागले जनाएको छ ।

'माओवादी मजदुर'मा ऋणको पिरलो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माउ पार्टी एकतापछि भ्रातृ संगठन एकताको कार्यदल बनाइसकेको छ । तर, तत्कालीन माओवादीको मजदुर संगठनभित्र भने सरकारी कोषको ऋण पिरलो बनेको छ ।

युवा स्वरोजगार कोषमार्फत आठ वर्षअघि लिएको ऋण तिर्न नसक्दा तत्कालीन माओवादीको भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ आन्तरिक विवादमा फसेको हो । ०६८ सालमा महासंघले मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडका नाममा ५ करोड रूपैयाँ ऋण लिएको थियो ।

पेट्रोल पम्प, सहकारी पसल, गाई फार्मलगायत स्वरोजगारमूलक काम गर्ने उद्देश्यले उक्त सहकारीको नाममा मजदुर संगठनले युवा स्वरोजगार कोषबाट राजनीतिक पहुँचका आधारमा ऋण लिएको थियो ।

राजनीतिक प्रभावका आधारमा ठूलो रकम ऋण लिएको भन्दै त्यतिबेलै आलोचना खेपेको मजदुर संगठनले सावा–ब्याज नै नतिर्दा अहिले समस्या आएको हो । उसले अहिले पनि ४ करोड ४७ लाख रूपैयाँ तिर्न बाँकी छ ।

कोषको ऋण तिर्न नसक्नु र लगानी गरेका आयोजना असफल हुनुमा मजदुर नेताहरूको व्यक्तिगत लाभहानी प्रमुख कारण रहेको संगठनभित्रैबाट आरोप लागेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।