बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट विराटनगर भन्सार एजेन्ट संघ अध्यक्षकाे मृत्यु

कोरोना संक्रमणबाट विराटनगर भन्सार एजेन्ट संघ अध्यक्षकाे मृत्यु

कोरोना संक्रमणबाट विराटनगर भन्सार एजेन्ट संघ अध्यक्ष ५० वर्षीय विजेन्द्र परासरको मृत्यु भएको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

विराटनगर - कोरोना संक्रमणबाट विराटनगर भन्सार एजेन्ट संघ अध्यक्ष ५० वर्षीय विजेन्द्र परासरको मृत्यु भएको छ। विराट शिक्षण अस्पताल बूढीगंगामा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो।

triton college

विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना संक्रमित विराटनगर महानगरपालिका-१० घर भएका परासरलाई उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या थियो।

स्वास्थ्यमा समस्या भएर परीक्षण गराउँदा उनलाई दुई साताअघि कोरोना पुष्टि भएको थियो। परीक्षण रिपोर्ट पोजिटिभ आए पनि होम आइसोलेसनमै रहेका बेला स्वास्थ्यमा थप समस्या भएपछि उनलाई वैशाख ३१ गने उपचारका लागि अस्पताल भर्ना गरिएको देवले बताए।

निकै जटिल अवस्थामा अस्पताल भर्ना गरिएका परासरलाई धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको जानकारी उनले दिए। देवका अनुसार उपचार जारी रहेका बेला झन् समस्या बढेपछि दुई दिनअघि परासरलाई भेन्टिलेटरमा राखिएको थियो। श्वासप्रश्वासमा एक्कासि समस्या बढ्दा उपचारकै क्रममा भेन्टिलेटरमा निधन भएको देवले बताए।

परासर मोरङ व्यापार संघ र उद्योग वाणिज्य संघ प्रदेश १ को कार्य समिति सदस्य तथा प्रदेश १ को भन्सारसम्बन्धी समितिका संयोजक थिए। भन्सार एजेन्ट संघ अध्यक्ष परासरको यो तेस्रो कार्यकाल थियो। उनी २०६९ सालदेखि निरन्तर विराटनगर भन्सार एजेन्ट संघको नेतृत्वमा थिए।

corrent noodles
Metro Mart

प्रकाशित: May 22, 2021| 06:01 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।