बिहीबार, वैशाख १३, २०८१

ह्‍वाट्‍सएपको भिडियोले लियो दुर्इ जनाको ज्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नयाँदिल्ली- ह्‍वाट्‍सएपमा सेयर गरेको भिडियो भाइरल भएपछि भारतमा मुठभेडको स्थिति सिर्जना भएको छ । एक साताअघि भाइरल भएको उक्त भिडियोमा बच्चालाई अपहरण गरेको देखाइएको छ ।

आखिर के थियो त भिडियोमा ?

उक्त भिडियो एक जना पाकिस्तानीले जनचेतनाका लागि बनाएका हुन् । भिडियोको अन्तिम भागमा एउटा मोटरसाइकलमा अाएका अपहरणकारीले हिँडिरहेको बच्चालाई समातेर लगेको देखाइएको छ।

भिडियोमा ‘सावधान अपहरणकारीहरू आउँदै छन्,’ भन्ने प्रवृत्तिको सूचना दिइएको छ ।

सम्पादन नभएको उक्त भिडियोले भारतमा कृत्रिम रूपमै भयावह स्थिति ल्याएको हो । शुरूमा म्यासेजमा मात्र भाइरल भएको उक्त भिडियोलार्इ भारतीय मिडियाले स्थान दिएपछि तनाव सिर्जना भएको हो ।

जसले गर्दा स्थानीय बासिन्दा नयाँ मान्छे देख्नेबित्तिकै शंकाको दायरमा राख्ने र कुटपिटसमेत गर्न गरेका छन् । यसैको प्रभावले दुई जनामाथि कुटपिट गर्दा अासामकाे गुवाहाटीका निलोतपल दास , अडियो इन्जिनियर अभिजित नाथ, एक डिजिटल आर्टिस्टको ज्यान गएको छ ।

बाटो सोध्न रोकिएका उनीहरूलार्इ अपहरणकारी संज्ञा दिँदै कुटपिट गरिएको थियो । यसअघि सात जनाको सोही कारण मृत्यु भइसकेको छ ।

भारत सरकार तथा अन्य प्रदेशले  उक्त भिडियोलाई विश्वास नगर्न अपिल गरेका छन् । तर, स्थिति अझै सामान्य हुनसकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।