काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले राष्ट«पतिलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदका लागि दाबी गरिएको निवेदन दुवै किर्ते भएको आरोप लगाएका छन्। राष्ट्रपतिको आह्वानबमोजिम प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि दाबी गरेका थिए।
थापाले दुवै दाबीमा संविधानको धारा ७६ (५) अनुसार विश्वासको मत प्राप्तगर्ने आधार नभएको बताएका छन्। थापाले ट्विट गर्दै उनले भनेका छन्, ‘दुवै जाली र किर्ते हुन्। दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा होस्।’ उनले दलहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको आरोप लगाएका छन्। ‘लोकतन्त्रको नाममा ब्रह्मलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ’,उनले भनेका छन्।