काठमाडौं– कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु भएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ। यसअघि हिजो १९० जनाको मृत्यु भएको थियो।त्यस्तै आज आज देशभरमा ७ हजार ८९० जना कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा ३ लाख ७४ हजार ८ सय ३६ जना कोरोनामुक्त भएका छन्।