शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • १३ अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू स्थापना गर्न १७ करोड ८७ लाख

१३ अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू स्थापना गर्न १७ करोड ८७ लाख

देशभरिका १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) जडानका लागि अर्थ मन्त्रालयले थप रु. १७ करोड ८७ लाख ७० हजारको सहमति दिएको छ। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– देशभरिका १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) जडानका लागि अर्थ मन्त्रालयले थप रु. १७ करोड ८७ लाख ७० हजारको सहमति दिएको छ। 

triton college

जसमा भक्तपुर क्यान्सर अस्पतालका लागि रु. २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि रु. ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख र बझाङ अस्पतालका लागि रु. १ करोड ५५ लाख स्रोत सुनिश्चित गरेको हो। 

यस्तै, डोटी अस्पतालका लागि ८० लाख, अछाम, खोटाङ, ताप्लेजुङ, सूर्य विनायक अस्पताल र सोलुखुम्बु अस्पतालका लागि ७५–७५ लाख, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि रु. १ करोड ५५ लाख सुनिश्चित गरिएको छ। यसअघि अर्थ मन्त्रालयले केन्द्रिय र २५ वटा केन्दीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि रु. २ अर्ब ९५ करोड २० लाखको सहमति दिएको थियो । 

त्यस्तै, केन्द्रिय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि रु. १ अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति दिएको थियो। त्यसैगरी मन्त्रालयले विभिन्न जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट निर्माण गर्नका लागि रु. १६ करोड ८० लाखको सहमति दिएको थियो।

विभिन्न अस्पतालमा अक्सिन प्लान्ट स्थापना तथा एचडीयू थप गर्न ८५ करोड ९३ लाख रुपैयाँको सहमति दिएको छ। कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको जनाएको छ।
 

corrent noodles
Metro Mart

प्रकाशित: May 21, 2021| 11:45 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।