काठमाडौं– सरकारले संविधान संशोधन गर्नका लागि अध्ययन गर्न कार्यदल बनाएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरू रहने गरी कार्यदल गठन गरेको हो।
कार्यदलमा एमालेबाट अग्नि खरेल, कृष्णभक्त पोखरेल र विष्णु रिमाल छन् भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल।
यसअघि बिहीबारै बसेको मन्त्रिपरिषद् बैठकले जसपाको मागबमोजिम जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली भए वंशजका आधारमा नागरिकता लिन मिल्ने अध्यादेश ल्याएको थियो।