काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देउवा निवास पुगेका छन्।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सकिए लगत्तै दाहाल बूढानीलकण्ठ पुगेका हुन्।
दुई नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल सुरु भएको देउवा निकट स्रोतले जानकारी दिएको छ।