शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सत्ता टिकाउन ओली-ठाकुर साठगाँठ, संविधान संशोधन गर्न कार्यदल बनाइने

सत्ता टिकाउन ओली-ठाकुर साठगाँठ, संविधान संशोधन गर्न कार्यदल बनाइने

सत्ता टिकाउनकै लागि प्रधानमन्त्री केपीशर्मा ओलीले जसपाको महन्थ राजेन्द्र पक्षसँग अर्को समझदारी गरेका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - सत्ता टिकाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको महन्थ राजेन्द्र पक्षसँग अर्को समझदारी गरेका छन्।

triton college

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा ओली, महन्थ ठाकुर र राजेन्द्र महताेबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको हो। जसपाका कार्यकािरिणी समितिका सदस्य सुरेन्द्र झाले संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको जानकारी दिए।

यस्तै नागरिकता कानुन सरकारले अध्यादेशबाटै जारी गरेर जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको नागरिकता दिने सहमति पनि भएको छ। ‘हिजो कार्यदल बनाउनेदेखि लिएर केही महत्त्वपूर्ण राजनीतिक घटनाक्रम भएका छन्,’ झाले भने, ‘आज दिउँसोसम्म ती सबै  सार्वजनिक हुन्छन् होला।’

तपाईंहरुका माग एकपछि अर्को पूरा हुँदै गइरहेको छ अब के ओलीलाई नै निरन्तरता हुन्छन भन्ने प्रश्नमा उनले साँझसम्म सबै विकल्प खुला रहेको र त्यसमा नेताहरुबीच छलफल जारी रहेकाे जानकारी दिए। 

नागरिकता कानुन सरकारले अध्यादेशबाटै जारी गरेर जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको नागरिकता दिने सहमति पनि बिहीबार भएको छ।

‘५ बजेसम्म सबै विकल्प खुला छन्। अब के हुन्छ हेर्दै जानुस्,’ उनले भने, ‘नेताहरु बिहानैदेखि छलफलमा जुट्नुभएको छ।’

corrent noodles
Metro Mart

जसपाकै अर्का एक नेताले भने आफूहरुले उठाउँदै आएका माग सम्बोधन भएमा ओली नेतृत्वको सरकारलाई नै सहयोग गर्ने निष्कर्ष निकालिसकेकाले अब ओलीलाई सहयोग गर्ने हिसाबले अघि बढ्न लागेको बताए।

‘हामीले उठाएका माग जसले पूरा गर्छ उसलाई सहयोग गर्छौं भन्दै आएका थियौं,’ ती नेताले भने, ‘हामी ओली नेतृत्वको सरकारमा सहभागी हुने वातावरण बनेको जस्तो छ, नेताहरूले निर्णय गर्नुहुन्छ होला।’

जसपाको महन्थ राजेन्द्र पक्षले बहुमत सांसद आफूहरूसित रहेको बताउँदै आएको छ। एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसद भए पुग्ने देखिन्छ। यद्यपि नेकपा एमालेभित्रको आन्तरिक विवादले कति असर पार्छ त्यो हेर्न बाँकी छ। 

वैशाख २७ गते नै विश्वासको मत लिने दिने माधव झलनाथ पक्षका २८ जना सांसदहरुले ह्विप उल्लंघन गर्दै बैठकमा नै अनुपस्थित भएका थिए।

आन्तरिक विवादमा फसेको जसपाका दुईअध्यक्षले केहीदिन अघि आठ बुँदे विज्ञप्ति जारी गरेर राष्ट्रिय सहमतिको सरकार वा जसपाकै नेतृत्वमा सरकार बन्ने अवस्था आए मात्रै सहभागी हुने बताएका थिए।

प्रधानमन्त्री ओली, जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महताे बालुवाटारमा छलफल सकेर बिहीबार राति अबेर राष्ट्रपति निवासमा पुगेका थिए। राष्ट्रपति साक्षी राखेर नै संविधान संशोधन कार्यदल बनेको बताइएको छ। जसपाका एक नेताका अनुसार सबै विषयमा सहमति सकिएपछि मात्रै कार्यदल घोषणा गरिने बताए। 

आन्तरिक विवादमा फसेको जसपाका दुई अध्यक्षले केही दिनअघि आठबुँदे विज्ञप्ति जारी गरेर राष्ट्रिय सहमतिको सरकार वा जसपाकै नेतृत्वमा सरकार बन्ने अवस्था आए मात्रै सहभागी हुने बताएका थिए। तर, महन्थ र राजेन्द्र पक्ष फेरि पनि फरक पार्टीकै अभ्यासमा अघि बढेपछि जसपाको विवाद चर्किने भएकाे छ। 

‘पार्टीमा एक खालको सहमति गरेर भित्रभित्र ओली सत्ता जोगाउन नेताहरुले नै अनेक गरिरहनुभएको छ,’ जसपाको उपेन्द्र निकट एक नेताले भने,‘यो सब केपी ओलीले गरिरहेको षडयन्त्र हो। सरकार जोगिसकेपछि केही कार्यान्वयन हुन्छ भन्ने लाग्दैन।’

प्रकाशित: May 21, 2021| 03:37 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।