बिहीबार, वैशाख ६, २०८१

प्रदेश १ मा कोरोना : दोस्रो लहरपछि २६२ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणको दोस्रो लहरपछि मात्रै २६२ जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

विराटनगर - प्रदेश १ मा कोरोना संक्रमणको दोस्रो लहरपछि मात्रै २६२ जनाको मृत्यु भएको छ। पहिलो लहरका बेला ४६६ जनाको मृत्यु भएको थियो। बिहीबारसम्म कोरोनाबाट कुल ७२८ जनाको मृत्यु भएको छ। 

triton college

दोस्रो लहर सुरु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढ्दो क्रममा छ। कोरोना संक्रमणबाट हालसम्म मोरङमा २२४, सुनसरीमा १९३, झापामा १७७, धनकुटामा १५, उदयपुरमा १४, इलाममा १३, ताप्लेजुङ र तेह्रथुममा ५–५ र पाँचथरमा एक जनाको मृत्यु भएको छ। 

सोलुखुम्बुु, भोजपुर, खोटाङमा कोरोनाको पहिलो र दोस्रो लहरबाट हालसम्म कसैको पनि मृत्यु नभएको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले बताइन्। उनका अनुसार प्रदेश १ बाहिरका हालसम्म ७९ जनाको मृत्यु भएको छ। 

परीक्षण घट्यो, संक्रमित पनि घटे

प्रदेश १ मा कोरोना परीक्षण बढ्दा संक्रमित बढ्ने र परीक्षण घट्दा संक्रमित घट्ने गरेको पाइएको छ। 

corrent noodles
Metro Mart

पछिल्लो एकसाताको अवधिमा परीक्षण दर बढ्दा संक्रमित बढ्ने र परीक्षण दर घट्दा संक्रमित पनि घट्ने गरेको देखिएको हो। 

बिहीबार एक हजार ४११ जनाको परीक्षण गर्दा ६७३ संक्रमित थपिएका छन्। मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१,  भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, तेह्रथुममा एक र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

बुधबार दुई हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २९८ संक्रमित थपिएका थिए। जुन प्रदेश १ को हालसम्मकै उच्च संख्या हो। 

मंगलबार दुई हजार ४५४ परीक्षण गर्दा एक हजार २०६, सोमबार दुई हजार २७० परीक्षण गर्दा एक हजार १४०, आइतबार दुई हजार २२० गर्दा एक हजार २७, शनिबार एक हजार ३१९ गर्दा ५९१, गत शुक्रबार एक हजार ६३० गर्दा ७५१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पहाडी जिल्लामा फैलँदै संक्रमण 

कोरोनाको पहिलो लहरमा प्रदेश १ का पहाडी जिल्लामा कोरोनाको प्रभाव कम रह्यो। तर, दोस्रो लहर सुुरु भएपछि पहाडी जिल्लामा दैनिक संक्रमण फैलिँदै गएको छ। ताप्लेजुङ, खोटाङ, संखुवासभा, भोजपुरका विकट–विकट गाउँमा पनि कोरोना संक्रमण फैलिएको छ।

दोस्रो लहरको संक्रमण फैलन सुरु भएसँगै घर फर्कनेको ताँती र समयमै सीमा क्षेत्रमा होल्डिङ एरिया निर्माण नगर्दाको परिणाम भएको जनस्वास्थ्यकर्मी कैलाशखाकी श्रेष्ठले बताए। पहाडी जिल्लामा संक्रमण फैलिएसँगै उपचारका लागि समयमै कोभिड उपचार केन्द्रमा ल्याउन समस्या हुँदै गएको उनको भनाइ छ। 

प्रकाशित: May 21, 2021| 01:19 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।