बिहीबार, वैशाख ६, २०८१

अब नेपाली पनि चार्टर्ड उडानबाट विदेश जान पाउने

अबदेखि नेपाली नागरिक पनि चार्टर्ड उडानबाट विदेश जान पाउने भएका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– अबदेखि नेपाली नागरिक पनि चार्टर्ड उडानबाट विदेश जान पाउने भएका छन्। पर्यटनमन्त्री भानुभक्त ढकालको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीलाई पनि चार्टर्ड उडानमार्फत विदेश जान अनुमति प्रदान गर्ने निर्णय गरेको हो। 

नेपालीलाई पनि चार्टर्ड उडानबाट विदेश जान दिने र त्यस्ता उडानलाई अनुमति दिने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा रहेका विदेशीलाई फिर्ता लिनका लागिमात्र चार्टर्ड उडान अनुमति दिइँदै आएको थियो। अब भने सरकारले नेपालीलाई पनि विदेश लिने उडानलाई चार्टर्ड अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। 

वैशाख २३ गतेदेखि भारत बाहेकका देशमा नियमित उडान बन्द भएसँगै नेपालीका लागि विदेश जान बन्द गरिएको थियो। यस्तै सरकारले चीनको ग्वाङजाउ र कतारको दोहामा हप्तामा एउटा नियमित उडान अनुमति दिने पनि निर्णय गरेको छ। तर त्यस्तो उडान यात्रु बोक्नका लागि नभई मेडिकल सामग्री आपूर्तिका लागि मात्र हुनुपर्ने छ।

प्रकाशित: May 20, 2021| 09:22 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।