शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्धको रेम्डेसिभिर औषधि नेपालमै उत्पादन हुने

कोरोनाविरुद्धको रेम्डेसिभिर औषधि नेपालमै उत्पादन हुने

कोभिड–१९ संक्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं - कोभिड–१९ संक्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ। औषधि व्यवस्था विभागले रेम्डेसिभिर  उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो।

triton college

विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए। औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ।

यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो। औषधिको मूल्य करीब रु पाँच हजार पर्छ।  नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिए।  

यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र  १५ दिनपछि उत्पादन गरेर बजारमा पुर्‍याइने बताइएको छ। रासस

प्रकाशित: May 20, 2021| 07:15 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।