शुक्रबार, वैशाख ७, २०८१

देशका केही स्थानमा हिमपात र भारी वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार रातिबाट नै वर्षा भइरहेको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं - काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार रातिबाट नै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवात ताउते थप कमजोर हुँदै उतर पूर्वतिर अगाडि बढेकाले वर्षा भइरहेको हो।

triton college

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रदेश नम्बर १, गण्डकी प्रदेश र बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा भारि हिमपात र वर्षा समेत हुने पूर्वानुमान गरिएको छ। 

यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने महाशाखाले जनाएको छ।

प्रकाशित: May 20, 2021| 01:45 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।