बिहीबार, वैशाख १३, २०८१

कोरोनाबाट १०९ शिक्षकको मृत्यु (विवरणसहित)

कोरोना महामारीका कारण बुधबारसम्म देशभरका निजी तथा सामुदायिक विद्यालयका गरी १०९ शिक्षकको मृत्यु भएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– कोरोना महामारीका कारण बुधबारसम्म देशभरका निजी तथा सामुदायिक विद्यालयका गरी १०९ शिक्षकको मृत्यु भएको छ। नेपाल शिक्षक महासंघले हालसम्म १०९ जना शिक्षकको मृत्यु भएको जनाएको हाे। यद्यपि सबैको विवरण भने आउन बाँकी रहेकाे महासंघका अधिकारी बताउँछन्।

triton college

महासंघका अध्यक्ष बाबुराम थापाले समयमै खोपको प्रबन्ध नहुँदा शिक्षक बढी प्रभावित भएको बताए। कोभिड १९का कारण १०९ जना शिक्षकको मृत्यु भएको खबर आए पनि सबै विवरण प्राप्त भइनसकेको उनको भनाइ छ। 

उनले भने, ‘यसले शिक्षकको मनोबल कमजोर भएको छ। त्यसमा पनि राज्यले समयमै ध्यान नदिँदा संक्रमण फैलिसकेपछि मात्र विद्यालय बन्द गरियो। महासंघले शिक्षकलाई छिटोभन्दा छिटो खोपको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।'

कोभिड १९ को दोस्रो लहरमा परी मृत्यु हुने ८९ जना शिक्षकको तथ्यांक भने प्राप्त भएको छ। सबैको तथ्यांक प्राप्त भइनसकेको नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंसबहादुर शाहीले बताए।  उनले भने, ‘हामीलाई काेराेना कारण ८९ जना शिक्षकको मृत्यु भएको  विवरण प्राप्त भएकाे छ। अरु विवरण आउन बाँकी छ।’ 

महासंघले शिक्षक तथा कर्मचारीका लागि अविलम्ब कोभिडविरुद्धका खोप उपलब्ध गराउन माग गरेको छ। यसका साथै संक्रमित शिक्षक–कर्मचारीको निःशुल्क उपचार तथा ज्यान गुमाएका शिक्षक–कर्मचारीका परिवारलाई सुविधा तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ।

corrent noodles
Metro Mart

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले भने कोरोनाबाट हालसम्म २९ जना शिक्षकको मृत्यु भएको विववरण प्राप्त भएकाे जनाएकाे छ।केन्द्रका सूचना अधिकृत माधवप्रसाद दाहालले भने,  ‘हामीकहाँ यकिन विवरण आइपुगेको छैन। २९ जना शिक्षककको विवरण भने टिपोट गरेका छौं। जिल्ला शिक्षा एकाइलाई विवरण पठाउन भनेका छौं। केही दिनमा सबै विवरण आउँछ।’ 

उनले देशभरका कुनै पनि विद्यालय आइसोलेसन सेन्टरका रुपमा प्रयोग नभएको पनि बताए। विद्यालयमा आइसोलेसन सेन्टर बनाउनुपर्ने कारण नभएको र निश्चित बिरामी घरमै राख्नुपर्ने, गाह्रो भएमा अस्पताल लानुपर्ने भएकाले पनि विद्यालयलाई यससँग नजोडिएको उनको भनाइ छ। 

देशभर मृत्यु भएका ८९ जना शिक्षकको नामावली 

मनीषा थापा, बाँके 

 रुपा चटर्जी, बाँके

लोकराज भट्ट,कञ्चनपुर

मञ्जु ठकुरी, कञ्चनपुर

विश्व रेग्मी, कञ्चनपुर

निर्मल मिश्र,कैलाली

नवराज कालाथोकी, दाङ

टेक पाण्डे, रुकुम प

जुना पौडेल, रुपन्देही

वसुधा खड्का,मकवानपुर

सञ्जीव पन्त,ललितपुर

नवदेश्वर चौधरी, रुपन्देही

मदनकुमार शर्मा, दाङ

बमबहादुर कुँवर, गुल्मी

गणेशहरि आचार्य,सिन्धुली

बमबाहदुर थापा,अछाम

इन्द्रबहादुर बस्नेत, कैलाली

उद्धवराज भट्टराई,बैतडी

कलवहादुर घर्ती,सल्यान

रामदेव चौधरी,सप्तरी

अनुराधा नकर्मी, मकवानपुर

रत्न शाही,सुर्खेत

मीना पाल,कैलाली

विष्णु गुप्ता,कपिलवस्तु

राजेश शर्मा,वाँके

रघुनाथ पाण्डे, सर्लाही

फणीन्द्र ढुङ्गाना, पाल्पा

श्रीभद्र गौतम,पाल्पा

डम्बरी बिष्ट पन्त, कञ्चनपुर

रामकुमारी घिमिरे,सोलु

आदित्य दास,बारा

नवराज खनाल, काठमाडौं

भानु जैसी बजगाई, कैलाली

ललित साँवत,कैलाली

गिरीबहादुर क्षेत्री,अर्घाखाँची

नवीन कर्ण,सप्तरी

मानबहादुर कुलाङ, दाङ

उद्धवराज खड्का,बैतडी

किशुनदेव सिंह, पर्सा

राजकुमार हमाल,कैलाली

गणेशी चौधरी, सप्तरी

उचितलाल यादव, धनुषा

मानबहदुर खत्री,सुर्खेत

हीरालाल गौतम,सल्यान

मीनबहादुर बस्नेत, सल्यान

पार्वती न्यौपाने,बर्दिया 

दुर्गा तिवारी रेग्मी,बर्दिया

घनश्याम चौधरी, नवलपरासी

हरिभक्त रोकाय,जाजरकोट

रुद्र खरेल,चितवन

धर्मानन्द ओझा, डडेलधुरा

नवीन शाह, रुकुम प

सुरत  खड्का,रुकुम प

चन्द्रवती गुरुङ,ललितपुर

नवराज सापकोटा, ललितपुर

नारायण ज्ञवाली, रुपन्देही

रामबाबु यादव,महोत्तरी

डिलबहादुर नेपाली, सिन्धुपाल्चोक

शिवराज जोशी, अछाम

केशव काफ्ले,कपिलवस्तु

केशव शाही,दैलेख

बालकृष्ण धमला,ओखढुंगा

धनबहादुर विक,चितवन

इन्द्र लामा,मकवानपुर

पुनीत कुशुवाह,पर्सा

माया खत्री,बर्दिया

सिद्ध थापा,बझाङ

कामेश्वर मण्डल, डोल्पा

चित्रदेव भट्ट,कैलाली

डिल्ली कमल शर्मा, बाँके

कृष्णबहादुर गुरुङ,स्याङ्जा

चन्द्रमा क्षेत्री,सुर्खेत

टंकबहादुर गुमी,गुल्मी

ध्रुवप्रसाद ज्ञवाली,रुपन्देही

जानकी श्रेष्ठ,ललितपुर

धर्मानन्द भट्ट,सिन्धुपाल्चोक

मानबहदुर कुमाल,दाङ

फहरा चौहान, कपिलवस्तु

राजेन्द्र परिवार,कैलाली

गोपाल पाठक,कपिलवस्तु

बाबुराम लामिछाने, गोर्खा

बैकुण्ठ रिमाल,धादिङ

गणेशबहादुर थापा,कञ्चनपुर

योगेन्द्रप्रसाद यादव, सप्तरी

किशुनदेव सिंह,पर्सा

टेकबहादुर खत्री,सुर्खेत

मीना साउद, कञ्चनपुर

पृथ्वीबहादुर ओली,सल्यान

गोपाल आत्रे,सल्यान

 

 

प्रकाशित: May 19, 2021| 12:31 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्