शुक्रबार, वैशाख ७, २०८१

स्वास्थ्य मन्त्रालयले थाल्यो अस्पतालको अनुगमन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको अनुगमन समितिले कोभिड–१९ संक्रमितको उपचार गरिरहेका काठमाडौंका ६ वटा अस्पतालको अनुगमन सुरु गरेको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको अनुगमन समितिले कोभिड–१९ संक्रमितको उपचार गरिरहेका काठमाडौंका ६ वटा अस्पतालको अनुगमन सुरु गरेको छ।

triton college

कोभिड–१९ केस व्यवस्थापन अनुगमन समितिको मंगलबार बसेको बैठकले कोभिड उपचार गर्ने काठमाडौँका तीन वटा सरकारी र तीन वटा निजी अस्पतालको अनुमगन गर्ने निर्णय गरेको थियो। ती अस्पतालमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नर्भिक अस्पताल, नेपाल प्रहरी अस्पताल, ग्रिनसिटी अस्पताल र ग्राण्डी अस्पताल छन्।

कोभिड संक्रमणको दर बढेसँगै उपचारका लागि अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव भएकाले समितिको अवलोकनपछि अस्पतालहरुलाई कोभिडको उपचारका लागि थप सहज हुने अपेक्षा गरिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कोभिडको उपचारका लागि अस्पतालमा के समस्या छ, बेड, प्रेस्क्रिप्सन तथा अक्सिजनको अवस्था के कस्तो छ, उपचार सहज बनाउन थप के सहयोग गर्नुपर्छ भन्ने जानकारी लिनका लागि अनुगमन गर्न लागिएको हो।

समितिले अनुगमनका लागि २ वटा टिम बनाएको छ। २ टिमले बुधबार र बिहीबार अस्पताल अनुगमन गरी प्रतिवेदन बुझाउने छ। 
 

प्रकाशित: May 19, 2021| 10:35 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।