बिहीबार, वैशाख १३, २०८१

नारायण गोपाललाई चुप लगाउने चेतनका किस्सा

विगत व्यवस्थाको बद्ख्वाइँ गर्नुबाहेक, कला क्षेत्रको समुचित कदर गर्नुपर्छ भन्ने धारणासम्म पनि सरकारको छैन। सांस्कृतिक संस्थान, चलचित्र संस्थान र प्रज्ञाप्रतिष्ठान जस्ता एकाइहरूले देशलाई दिन सक्ने प्रत्यक्ष र परोक्ष प्रभावकारी योगदानतर्फ दृष्टि दिने फुर्सद छैन।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

कोभिड–१९ का कारण वरिष्ठ लेखक, नेपाली सांगीतिक तथा सिने क्षेत्रका ‘ओपन इन्साइक्लोपेडिया’ चेतन कार्कीको गत शनिबार निधन भयो। हामीमाझ कार्कीको भौतिक शरीर नरहे पनि सांगीतिक तथा सिने क्षेत्रमा दिएको अमूल्य योगदानका कारण उनी सधैं अमर रहनेछन्। 

triton college

हिन्दु नारीले मनाउने सबैभन्दा ठूलो पर्व ‘तीज’ को पर्याय नै बनेको सदाबहार गीत ‘तीजको लहर आयो बरिलै...’ का रचनाकार कार्कीका कलमबाट अन्य धेरै कालजयी गीत  सर्जित छन्। चलचित्र ‘माया प्रीति’ का लागि उनले लेखेको ‘मायाप्रीतिको चोखो कथा यो...’ बोलको गीतलाई संगीतकर्मीले उच्च कोटीको रोमान्टिक गीतको श्रेणीमा राखेका छन्। 

गीतकारबाहेक नेपाली सिने जगत्मा अब्बल पटकथा, संवादसहित बौद्धिक निर्देशकको छविसमेत बनाएका छन् कार्कीले। नेपाली साहित्यमा उनका केही थान कृतिले ओजश्वी छाप पनि छाडेका छन्।  भूपि शेरचन, अम्बर गुरुङ, हरिभक्त कटुवाल, नातिकाजी, गोपाल योञ्जन, नारायण गोपाल, नगेन्द्र थापा, दिव्य खालिङ, अरुणा लामा, तारादेवी, प्रकाश श्रेष्ठ, किरण प्रधान लगायतका धेरै स्रष्टासँग कार्कीको उठबस चलिरह्यो। तर नारायण गोपालसँग भने कार्कीकै शब्दमा उनको निरन्तर ‘ठोकबाजी’ पनि चलिरह्यो। आत्मीय सम्बन्धसँगै यी दुई सष्ट्राबीच ‘तँ तँ म म’ पनि आजीवन भइरह्यो। 

भूपि शेरचनसँग एउटै खाटमा सुतेको, एउटै भट्टीमा जाँड खाएकोदेखि कला, गला र कलमका अप्रतिम प्रतिभा गोपाल योञ्जनलाई आफूले ‘गुरु’ मानेको कार्कीका प्रसङ्ग अत्यन्त रोचक थियो। तर स्वर सम्राट् नारायण गोपालसँगका उनका केही तिता उठबस अझ पेचिलो लाग्यो पंक्तिकारलाई।

उच्च स्नेहसहित कार्की नारायण गोपाललाई ‘सान्बाबु’ भन्थे। नारायण गोपाल ‘चेतन’ भनी सम्बोधन गर्थे। आफूभन्दा एक वर्ष जेठो कार्कीलाई उनी कहिलेकाहीं ‘चेतन भाइ’ त कहिले ‘भाइ’ मात्र भन्थे। केही साताअघि यस पङ्तिकारले कार्कीको मुखारविन्दबाट नारायण गोपालसहित धेरै स्रष्टाबारेको अनेकौं रोचक किस्सा सुन्ने सौभाग्य पाएको थियो। भूपि शेरचनसँग एउटै खाटमा सुतेको, एउटै भट्टीमा जाँड खाएकोदेखि कला, गला र कलमका अप्रतिम प्रतिभा गोपाल योञ्जनलाई आफूले ‘गुरु’ मानेको कार्कीका प्रसङ्ग अत्यन्त रोचक थियो। तर स्वर सम्राट् नारायण गोपालसँगका उनका केही तिता उठबस अझ पेचिलो लाग्यो पंक्तिकारलाई।

corrent noodles
Metro Mart
चेतन कार्की।

नारायण गोपाल र चेतन कार्कीबीचको चिनजान २०१८ सालमा भएको हो। २०२५ सालमा चलचित्र ‘परिवर्तन’ निर्माण ताका दुईबीचको सम्बन्ध अझ घनिष्ठ भएको थियो। सोही चलचित्रको गीत रेकर्डिङ गर्न कलकत्ता पुगेपछि नारायण गोपालले कार्की समक्ष ‘मुडी’ स्वभाव देखाए। जुनियरलाई एकल गायन दिएर आफूलाई कोरसमा मात्र राखेको भन्दै नारायण गोपालले कुनै पनि गीत नगाई काठमाडौं फर्कने धम्की दिए।

‘बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो, हजार अर्थ अरुले लाएर के गरूँ...’, नारायण गोपालले पनि व्यक्तिगत रुपमा अति रुचाएको यो गीतलाई चर्चित गायक प्रवेशमान शाक्यले नेपाली चलचित्रको एक मानक गीत भनी मुक्तकण्ठले प्रशंसा गरेका छन्। 

नारायण गोपालले ‘जुनियर’ को संज्ञा दिएकी गायिका थिइन् मीरा राणा। अन्तिम समयमा आएर आफूलाई ‘सान्बाबु’ ले धोका दिएपछि कार्की उत्तेजित हुनु स्वभाविकै थियो। ‘यो कुरा पहिला नै किन नभनेकाे? अहिले अप्ठ्यारोमा पार्ने? अब तिम्रा लागि कहाँ सोलो गीत राख्ने? पटकथा संवाद कसरी मिलाउने?’ भन्दै कार्की रिसाए पनि। तर एकोहोर तथा जिद्दी स्वभावका नारायण गोपालले कुनै उत्तर फर्काएनन्। अन्ततः निर्देशक हीरासिंह खत्रीसँगको छलफलपछि नारायण गोपालकै लागि कार्कीले केही घण्टामै एउटा कालजयी गीत लेखे। अत्यन्त छोटो समयमै व्ही बलसराको विशिष्ट शैलीको संगीतमा तयार गरिएको उक्त गीतको बोल थियो, ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो, हजार अर्थ अरुले लाएर के गरूँ...’, नारायण गोपालले पनि व्यक्तिगत रुपमा अति रुचाएको यो गीतलाई चर्चित गायक प्रवेशमान शाक्यले नेपाली चलचित्रको एक मानक गीत भनी मुक्तकण्ठले प्रशंसा गरेका छन्। 

नारायण गोपालले लय समात्न नसकेपछि रचनाकार—संगीतकार गोपाल योञ्जनले ‘अलि ध्यान दिनु है मीतज्यू’ मात्र के भनेका थिए, रिसले चुर हुँदै नारायण गोपाल जंगिए, ‘मैले गाउन सक्दिनँ भन्ठानेको, ल म गाउँदिनँ’ भन्दै आफ्नो लगेजसहित होटलबाट बाहिरिए।

‘कान्छी’ चलचित्रको गीतको अभ्यास जारी थियो, कलकत्ताको एक होटलमा। युगल गीत गाउँदै थिए नारायण गोपाल र अरुणा लामा। कार्कीका अनुसार लामाको सिकाइमा कुनै सिकायत थिएन। तर नारायणगाेपालले लय समात्न नसकेपछि रचनाकार-संगीतकार गोपाल योञ्जनले ‘अलि ध्यान दिनु है मीतज्यू’ मात्र के भनेका थिए, रिसले चुर हुँदै नारायण गोपाल जंगिए, ‘मैले गाउन सक्दिनँ भन्ठानेको, ल म गाउँदिनँ’ भन्दै आफ्नो लगेजसहित होटलबाट बाहिरिए।

भोलिपल्ट बिहान त नारायण गोपाललाई कार्कीले सोही होटलको अर्कै सुविधा सम्पन्न कोठामा ‘प्रिय पेय पदार्थ’ सहित रंगेहात फेला पारे र भने, ‘यो के चाला हो सान्बाबु एकाविहानै?’ जवाफमा नारायण गोपालले भने, ‘रेकडिङका लागि मुड बनाएको नि भाइ।’ नभन्दै नारायण गोपाल र अरुणा लामाले बेजोडसँग उक्त गीत गाए। ‘हिमालसरी म अग्लिरहेछु...’ बोलको उक्त गीतलाई अहिले पनि ‘मास्टर पिस रोमान्टिक गीत’ भनिन्छ। गीतमा रहेको ‘जहाँ वरले पीपल अँगालेर बस्छ, तिम्रो मेरो साइनो त्यतैतिर खोज’ भन्ने बिम्बसहितको सशक्त हरफ आफ्नो दिमागमा ढुंगाको अक्षर भएर रहेको आफैं उत्कृष्ट गीतकार रहेका कार्की स्मरण गर्थे। पंक्तिकारसँग कार्कीले भनेका थिए, ‘नेपाली सिने जगत्मा यो जत्तिको सर्वोत्कृष्ट रोमान्टिक गीत अब सायदै लेखिएला।’ धरैलाई यो गीत कार्कीकै कलमको कमाल जस्तो लाग्ने रहेछ। उनले भनेका थिए, ‘यो गीत मैले होइन मेरो प्रिय गोपाल योञ्जनले लेखेको हो’ भन्दा भन्दा म थाकिसकें।’ 

नारायण गोपालले स्वास्थ्यमा समस्या आएका कारण गीत रेकर्डिङ गर्न कलकत्ता जान नसक्ने बताएपछि आफू ठूलो तनावमा परेको र एक हिसाबले ‘सान्बाबु’ बाट धोका नै पाएको कार्कीको भनाइ थियो। नारायण गोपालकै लागि मात्र भनेर लेखिएको शास्त्रीय धारमा आधारित उक्त गीत अब कसलाई दिने होला भनेर कार्की विचलित भए। 

कार्कीले नारायण गोपालको दिव्य स्वर सम्झँदै आफ्नै निर्देशनमा रहेको चलचित्र ‘विश्वास’ का लागि ‘अंगअंगमा तरंग उठ्छ आज झनननन’ बोलको गीत लेखे। गीत रेकर्डिङ गर्न कलकत्ता जानुअघि नारायण गोपालले कार्कीलाई फेरि समस्यामा पारे। तर यसपटक भने उनको समस्या केही हदसम्म जायजै थियो। नारायण गोपालले स्वास्थ्यमा समस्या आएका कारण गीत रेकर्डिङ गर्न कलकत्ता जान नसक्ने बताएपछि आफू ठूलो तनावमा परेको र एक हिसाबले ‘सान्बाबु’ बाट धोका नै पाएको कार्कीको भनाइ थियो। नारायण गोपालकै लागि मात्र भनेर लेखिएको शास्त्रीय धारमा आधारित उक्त गीत अब कसलाई दिने होला भनेर कार्की विचलित भए। 

स्वरसम्राट् नारायण गोपाल

गोपाल योञ्जनसमेतको पहलकदमीपछि प्रकाश श्रेष्ठ उक्त गीत गाउन तयार भए। परिणाम पनि ‘उच्च कोटी’ को निकाले। प्रकाश श्रेष्ठको स्वरमा रहेको गीतको चौतर्फी प्रशंसा भयो। तर आज पनि ‘त्यो गीत सान्बाबुकै स्वरमा रेकर्ड गर्न पाएको भए’ भन्ने तुस आफ्नो मनमा रहिरहेको कार्कीको गुनासो थियो। उनी भन्थे ‘मैले त्यो गीत मन मस्तिष्कमा केवल नारायण गोपाललाई सम्झेर लेखेको थिएँ, केवल मेरो सान्बाबुलाई।’ 

कार्कीकै शब्दमा नारायण गोपालले पहिलो पटक पश्चिमेली लोक भाकामा आधारित ‘बहिनीको दया छ भने...’ बोलको लोकगीत गाएका थिए। स्वरसम्राट्लाई थर्काएर वा फकाएर जुन सीप प्रयोग गरेर भए पनि गीत गाउन लगाउन सक्ने ल्याकत थियो त, मात्र चेतन कार्कीसँग।

नारायण गोपालले सबै खाले गीत गाएका छन्। तर उनको तिलस्मी स्वरमा लोकभाका भने विरलै सुनिन्छ। कार्कीकै शब्दमा नारायण गोपालले पहिलो पटक पश्चिमेली लोक भाकामा आधारित ‘बहिनीको दया छ भने...’ बोलको लोकगीत गाएका थिए। स्वरसम्राट्लाई थर्काएर वा फकाएर जुन सीप प्रयोग गरेर भए पनि गीत गाउन लगाउन सक्ने ल्याकत थियो त, मात्र चेतन कार्कीसँग।

नारायण गोपालसँग भन्दा पनि उनका मीतज्यू, संगीतशिरोमणि गोपाल योञ्जनसँग अझ घनिष्ठ सम्बन्ध थियो कार्कीको। कार्कीका अनुसार दुई गोपालको सहकार्यको बखत नेपाली सुगम संगीत स्वर्ण युगमा पुगेकै हो। 

पछि उनीहरू आआफ्नो बाटो लागे। दुवैलाई व्यक्तिगत रुपमा कुनै घाटा त भएन किनकि माता सरस्वतीका यी दुई वरदपुत्र आफैंमा पूर्ण थिए, तर ‘मीतज्यू’को सहकार्य टुट्दा समग्रमा नेपाली सांगीतिक क्षेत्रलाई भने अपूरणीय क्षति पुग्यो। ‘साहित्य समृद्ध भएमा मात्र संगीत बलशाली हुन्छ’ भन्ने शाश्वत् चेत यी ‘मीतज्यू’ मा थियो। त्यसैले नारायण गोपालले जुन पायो त्यही गीतमा कहिल्यै स्वर दिएनन्। 

‘फुस्रे’ मायाप्रीति तथा बिछोडका कुरा लेखिएका गीतलाई नारायण गोपालले रद्दीको टोकरीमा हाल्थे। यसकारण पनि धेरै गीतकार, संगीतकार तथा गायकगायिकाले उनलाई ‘घमण्डी’ को संज्ञा दिए। तर साहित्य शिल्प प्रतिबिम्बित हुने जुन गीतले उनलाई छुन्थ्यो, समय लिएर नै किन नहोस् उक्त गीतलाई अन्तरआत्मादेखि गाउँथे नारायण गोपाल।

कार्कीका अनुसार ‘फुस्रे’ मायाप्रीति तथा बिछोडका कुरा लेखिएका गीतलाई नारायण गोपालले रद्दीको टोकरीमा हाल्थे। यसकारण पनि धेरै गीतकार, संगीतकार तथा गायकगायिकाले उनलाई ‘घमण्डी’ को संज्ञा दिए। तर साहित्य शिल्प प्रतिबिम्बित हुने जुन गीतले उनलाई छुन्थ्यो, समय लिएर नै किन नहोस् उक्त गीतलाई अन्तरआत्मादेखि गाउँथे नारायण गोपाल। अरूले जेसुकै भनून्, नारायण गोपालको यो बानीबाट आफू अत्यन्त प्रभावित भएको कार्कीकाे भनाइ थियाे। राम्रो साहित्य नभएसम्म सांगीतिक क्षेत्र गुणस्तरीय हुन नसक्ने नारायण गोपालको दिव्यवाणी गीत, संगीतिक क्षेत्रमा रहेका सबैका लागि ‘गुरुमन्त्र’ हो भन्थे कार्की। 

नारायण गोपालको निधनपछि कार्कीले गजबको अब्युचरी (स्मृति लेखन) लेखेका थिए, बागीनामा प्रकाशित उक्त अब्युचरीको शीर्षक ‘?’ रहेको छ। अब्युचरीको अन्त्यमा कार्कीले लेखेका छन्, ‘नारायण गोपाल जस्ता प्रतिभा विरलै यस धर्तीमा जन्मिन्छन् भन्नेतर्फ श्री ५ को सरकारको लेश मात्र पनि रुचि भएको सङ्केत देखा पर्दैन। विगत व्यवस्थाको बद्ख्वाइँ गर्नुबाहेक, कला क्षेत्रको समुचित कदर गर्नुपर्छ भन्ने धारणासम्म पनि सरकारको छैन। सांस्कृतिक संस्थान, चलचित्र संस्थान र प्रज्ञाप्रतिष्ठान जस्ता एकाइहरूले देशलाई दिन सक्ने प्रत्यक्ष र परोक्ष प्रभावकारी योगदानतर्फ दृष्टि दिने फुर्सद छैन। विश्वविद्यालयजस्तो पवित्र संस्थालाई राजनीतिको अखडा बनाएर आफ्नो कुत्सित खेल जारी राख्ने मात्र जसको एकमात्र उद्देश्य देखिन्छ भने, त्यस्तो अवस्थामा के देशले अर्को नारायण गोपाल जन्माउन सक्ला?  यस प्रश्नको सकारात्मक जवाफ नै स्वः नारायण गोपालप्रति साँचो श्रद्धाञ्जली हुन सक्छ नत्र उनको आत्मा यस प्रदूषित वायुमण्डलमा अनन्त–अनन्तकालसम्म अतृप्त विचरण गरिरहनेछ।’ 

...के देशले अर्को चेतन कार्की जन्माउन सक्ला? यस प्रश्नको सकारात्मक जवाफ नै स्वः कार्कीप्रति साँचो श्रद्धाञ्जली हुन सक्छ नत्र उनको आत्मा पनि यस प्रदूषित वायुमण्डलमा अनन्त अनन्तकालसम्म अतृप्त विचरण गरिरहनेछ।’ 

अन्त्यमा, कोरोना भएकै कारण आफ्ना हजारौं शुभचिन्तकको भौतिक उपस्थिति विना नै आफूलाई विसर्जन गरेका आदरणीय चेतन कार्कीले नारायण गोपालको निधनपछि उठाएकै सवाल यो पंक्तिकार फेरि उठाउन चाहन्छ। ...के देशले अर्को चेतन कार्की जन्माउन सक्ला? यस प्रश्नको सकारात्मक जवाफ नै स्वः कार्कीप्रति साँचो श्रद्धाञ्जली हुन सक्छ नत्र उनको आत्मा पनि यस प्रदूषित वायुमण्डलमा अनन्त अनन्तकालसम्म अतृप्त विचरण गरिरहनेछ।’  अल बिदा चेतनदाइ !

प्रकाशित: May 19, 2021| 11:30 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।