बुधबार, वैशाख १२, २०८१

काठमाडौंका यी 'डन' हरुको हतियार प्रहरीले कब्जामा लियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीमा गुण्डागर्दी गर्ने तथा मिटरव्याजमा रकम लगानी गर्ने भनेर विवादमा तानिएका व्यक्तिहरुबाट हतियार लाइसेन्स बदर गरी हतियार नियन्त्रणमा लिएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) धिरजप्रताप सिंहले मिटर व्याजमा रकम लगानी गर्ने भनी बिबादमा तानिएका विरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा उर्फ बले, मेनपावर व्यवसायीका नाममा गुण्डागर्दीको आरोप खेपिरहेका दि रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरी र विवादस्पद व्यक्ति आङकाजी शेर्पा छन् ।

उनीहरुका हतियार आइतबार नै प्रहरीको अपराध महाशाखाले कब्जामा लिएको हो । बरामद गरिएका उक्त हतियार सरकारी कोषमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

महाशाखाले ऐन बमोजिमका सर्तहरु उल्लंघन गरेर सर्वसाधारणलाई आतंकित बनाएको भन्दै उनीहरुको ईजाजतपत्र रद्द गरिएको जनाएको हो । उनीहरुले हतियार देखाएर आतंकित पार्ने, ठेक्का कब्जा गर्ने, मिटरब्याज असुल्ने र नदिए हतियार प्रदर्शन गर्नेलगायतका काम गर्दै आएका थिए ।

अपराध महाशाखाले ठगी, अपहरण तथा शरिर बन्धक, सार्बजनिक अपराधलगायतका मुद्दामा अनसुन्धान समेत भई सकेका ब्यक्तिहरुले हतियार राख्दा सर्वसाधारणमा त्रास फैलिने, शान्ति सुरक्षामा खतरा पैदा हुने तथा कुनै पनि बेला जघन्य अपराध हुन सक्ने भन्दै प्रतिवदेन तयार पारी जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरमा बुझाएको थियो ।  

त्यसपछि दुवै जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन २०१९ को दफा ११ बमोजिम उनीहरुले प्राप्त गरेको हातहतियारको ईजाजत पत्र रद्द गरी हातहतियार तथा गोली गठ्ठाहरु नियन्त्रणमा लिन प्रहरीलाई अनुमति प्रदान गरेको महाशाखाले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।