विराटनगर - मोरङको रंगेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान एक महिलाको शव फेला परेको छ।
रंगेली–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रंगेली-३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो।
पानी नभएको सुख्खा नहरमा हत्या गरेर फालेको अवस्थामा शव भेटिएको राईले जानकारी दिए।
प्रहरीका अनुसार महिलाको हत्यामा कस्तो खालको हतियार प्रयोग गरिएको हो भन्ने यकिन भइसकेको छैन। हत्याकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।