शुक्रबार, वैशाख ७, २०८१

कर्णाली प्रदेश अस्पताल अब केन्द्र सरकारले चलाउने

सुर्खेतको प्रदेश अस्पताललाई केन्द्र सरकार मातहतमा लिइने भएको छ। झण्डै ३ वर्षदेखि कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको अस्पताललाई केन्द्र मातहतमा लिइन लागिएको हो। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

सुर्खेत– सुर्खेतको प्रदेश अस्पताललाई केन्द्र सरकार मातहतमा लिइने भएको छ। झण्डै ३ वर्षदेखि कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको अस्पताललाई केन्द्र मातहतमा लिइन लागिएको हो। 

triton college

सोमबार बसेको स्वास्थ्य आपतकालिन व्यवस्थापन कार्य सञ्चालन केन्द्रको बैठकले अस्पताललाई केन्द्र सरकारमा मातहतमा ल्याउन मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ।

‘प्रदेश अस्पताल कर्णाली प्रदेश सरकारले सञ्चालन गर्न सकेन,’ स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भने, ‘अब ढिलोचाँडो अस्पताल केन्द्र सरकारले चलाउँछ।’ अबको दुई हप्ताभित्र प्रदेश अस्पताललाई केन्द्र सरकारमा लैजाने रावतले बताए। प्रदेश सरकारले अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न नसकेको भन्दै केन्द्र सरकारमा लैजाने तयारी गरिएको हो। सुर्खेतका स्वास्थ्य राज्यमन्त्री रावत सुरुवातदेखि नै अस्पताललाई प्रदेशमा ल्याउनु हुँदैन भन्ने पक्षमा थिए।

कोरोना महामारीमा (वैशाख ३१ गते) अस्पतालले अक्सिजन अभावका कारण थप संक्रमित भर्ना लिन नसक्ने सूचनापछि कर्णाली प्रदेश सरकारले अस्पताल सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै चर्को आलोचना भएको थियो। अस्पतालको सूचनापछि स्वास्थ्य राज्यमन्त्रीलाई अस्पताललाई केन्द्र सरकारमा लैजान थप बल मिलेको छ।

स्थापनाकालदेखि जिल्ला अस्पतालको रुपमा स्वास्थ्य सेवा सञ्चालन गरेको अस्पतालले २०६२ सालदेखि क्षेत्रीय अस्पतालको स्वीकृति पाएको थियो। क्षेत्रीय रुपमा सञ्चालन भएको झण्डै १३ वर्षपछि अर्थात् २०७५ कात्तिक १३ गते औपचारिक रुपमा अस्पताल कर्णाली प्रदेश सरकार मातहतमा आएको थियो।

corrent noodles
Metro Mart

प्रदेश अस्पताल कर्णाली प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल हो। हाल प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लामात्रै केन्द्र सरकार मातहतमा छ।

प्रकाशित: May 18, 2021| 12:51 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।