बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • चालू आवमा ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कठिन : राष्ट्र बैंक

चालू आवमा ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कठिन : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कोभिड १९को दोस्रो लहरले पारेको प्रभावका कारण ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने जनाएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले कोभिड १९को दोस्रो लहरले पारेको प्रभावका कारण ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने जनाएको छ।

triton college

चालू आर्थिक वर्ष २०७७–०७८को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने जानकारी गराएको हो।

यसअघि केन्द्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान गरेको थियो। कोभिड १९को पहिलो लहरको संक्रमण कम हुँदै गएकाले बन्दाबन्दी क्रमशः खुकुलो गर्दै पूर्ण रुपले हटाइएकाले अधिकांश आर्थिक आर्थिक गतिविधि चलायमान हुन थालेको अवस्थामा केन्द्रिय तथ्यांक विभागले उक्त प्रक्ष्येपण गरेको राष्ट्र बैंकको भनाइ छ।

‘तर, पछिल्लो समय कोभिड १९ महामारीको कारण शिथिल भएको अर्थतन्त्र पूर्णरुपमा पुनरुत्थान हुन नपाउँदै कोभिड १९को दोस्रो लहरले अर्थतन्त्र प्रभावित हुन गएकाले अनुमानित आर्थिक वृद्धि हासिल गर्न कठिने हुने देखिएको छ,’ राष्ट्र बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक समिक्षामा उल्लेख गरिएको छ।
 

प्रकाशित: May 18, 2021| 11:30 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्