पोखरा– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुुमाएका छन्।
ज्यान गुमाउनेमा वागलुङका ४ जना, कास्कीका ३ जना, मुस्ताङ, तनहुँ र नवलपरासीका २–२ जना छन्। पर्वत र स्याङ्जाका १–१ जनाले ज्यान गुमाएका छन्।
प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा ९ सय ५९ जना संक्रमित थपिएका छन्। कास्कीका ४ सय १७, वागलुुङका १ सय २३ तथा तनहुँका १ सय १२ जना थपिएका हुन्।
पछिल्लो समय मनाङमा संक्रमित पहिचान भएका छैनन् भने, मुस्ताङमा एकजना महिला संक्रमित भेटिएकी छन्।