बारा- बारा प्रहरीले ७५ लाख प्रतिबन्धित भारतिय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाराको सिमराका अजित कुमार झा तथा निरज कुमार सिंहलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट भारतीय रुपैयाँ ७४ लाख ९५ हजार ५ सय बरामद गरिएको छ ।
आइतबार दिउँसो नियमित चेकजाँचका क्रममा शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरीहर भवन पुल्चोक पठाउने तयारी भैरहेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज ढकालले नेपाल समयलाई जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४