बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै

सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै

सुदूरपश्चिम प्रदेशमा दुई सातायता कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

भीम चौधरी

भीम चौधरी

मंगलबार, जेठ ४, २०७८

धनगढी– सुदूरपश्चिम प्रदेशमा दुई सातायता कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ। प्रदेशमा दुई सातायता २ हजार १ सय ८७ जनाले कोरोना माथि विजय प्राप्त गरेका छन्।

triton college

आरटी पीसिआर परीक्षणमा २५ हजार ९ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १६ हजार ५ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन्। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बैशाख २१ गते २७ जना, २२ गते ५८ जना, २३ गते ६४ जना, २४ गते ६२ जना, २५ गते १०८ जना, २६ गते ८४ जना, २७ गते ७९ जना, २८ गते २८१ जना, २९ गते २६९ जना, ३० गते २४७ जना, ३१ गते २१३ जना, जेठ १ गते १४९ जना, २ गते २१७ जना र ३ गते ३२९ जनाले कोरोना माथि विजय प्राप्त गरेका छन्। 

प्रदेशमा एन्टीजेन परीक्षणमा ५ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ हजार ७ सय ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। 

‘हटस्पट’ कैलाली

corrent noodles
Metro Mart

कोरोना भाइरसको पहिलो लहरमा ‘हटस्पट’ रहेको कैलाली दोश्रो लहरमा पनि ‘हटस्पट’ रहेको छ। 

प्रदेशका कुल कोरोनाको एक्टिभ केसमध्ये कैलालीमा ४३.०१ प्रशित रहेको छ। प्रदेशमा ११ हजार ४ सय ४६ एक्टिभ केस रहेकोमा कैलालीमा ४ हजार ९ सय १३ रहेको छ। स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांक अनुसार कञ्चनपुरमा २ हजार २ सय २०, डोटीमा ५ सय ५९, दार्चुलामा २ सय ९५, डडेल्धुरामा ५ सय १४, बाजुरामा २ सय २७, बझाङमा ९ सय १४, बैतडीमा ९ सय ६७ र अछाममा ७ सय ८६ कोरोनाका संक्रिय संक्रमित रहेका छन्। 

कोरोना संक्रमण दर बढ्दै गएपछि कैलाली प्रशासनले जिल्लामा बैशाख १६ गतेदेखि निषेधाज्ञा आदेश दिएको छ। निषेधाज्ञा आदेशपछि कोरोनाभाइरस संक्रमण दर कम हुँदै जाने अपेक्षा गर्दै सुरुमा निषेधाज्ञालाई खुकुलो बनाएको प्रशासनले पछिल्लो समय कडा बनाएको छ। तेश्रो पटक जिल्लाका अत्यावश्यक पसल साताको ३ दिन मात्र खोल्न पाउँने र बैक तथा वित्तिय संस्था पुर्न रुपमा बन्द गर्न प्रशानले आदेश दिएको थियो। चौथो पटक निषेधाज्ञालाई थप गर्दै जेठ १३ गतेसम्म लागु हुने आदेश दिएको छ। प्रदेशका सबै जिल्लाका प्रशासनले निषेधाज्ञा आदेश दिएपनि कोरोना संक्रमण दरमा कमी आउन सकेको छैन।

दुई सातामा २४२ को मृत्यु

प्रदेशमा दुई सातामा २ सय ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार बैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म २ सय ४२ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

निर्देशनालयका अनुसार बैशाख २१ गते ८ जना, २२ गते ११ जना, २३ गते १७ जना, २४ गते १३ जना, २५ गते १५ जना, २६ गते १८ जना, २७ गते १७ जना, २८ गते ३१ जना, २९ गते १४ जना, ३० गते १७ जना, ३१ गते ३० जना, जेठ १ गते १६ जना, २ गते २१ जना र ३ गते ७ जनाको मृत्यु भएको छ।

प्रदेशमा जेठ ३ गतेसम्म ३ सय ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

१० जनाको भेन्टिलेटर र ४१ जना आइसियूमा उपचार हुँदै 

प्रदेशका बिभिन्न सरकारी अस्पतालमा ३ सय ११ जना कोरोना संक्रमित र ४८ जना संकास्पदको उपचार भइरहेको छ। सोमध्ये १० जनाको भेन्टिलेर र ४१ जनाको आइसियूमा उपचार भइरहेको छ। 

सेती प्रादेशिक अस्पतालमा १११ जनाको उपचार भइरहेको छ। सोमध्ये १ जनाको भेन्टिलेटर, १६ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। महाकाली अस्पतालमा ६८ जना कोरोना संक्रमित र २३ जनाको संकास्पदको उपचार भइरहेको छ। सोमध्ये २ जनाको भेन्टिलेर र ५ जनाको आइसियूमा उपचार भइरहेको छ। 

टिकापुर अस्पतालमा २१ जना कोरोना संक्रमित र ११ जना संकास्पदको उपचार भइरहेको छ। सोमध्ये २ जनाको भेन्टिलेरट र २ जनाको आइसियूमा उपचार भइरहेको छ।

डडेल्धुरा अस्पतालमा ३६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सोमध्ये ५ जनाको भेन्टिलेटर र १६ जनाको आइसियूमा। जिल्ला अस्पताल बझाङमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेकोमा २ जनालाई आइसियूमा राखेर उपचार भइरहेको छ। 

जिल्ला अस्पताल दार्चुलामा १२ जना कोरोना संक्रमित र ३ जना संकास्पद, जिल्ला अस्पताल बैतडीमा १२ जना, जिल्ला अस्पताल अछाममा १६ जना कोरोना संक्रमित र १० जना संकास्पद, जिल्ला अस्पताल डोटीमा ७ जना कोरोना संक्रमित र १ जना संकास्पद, जिल्ला अस्पताल बाजुरामा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। 

प्रदेशका बिभिन्न सामुदायिक र निजी अस्पतालमा समेत कोरोना संक्रमितको उपचार भइरहेको भएपनि सोको तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयसंग छैन।

सदूरपश्चिम भित्रिएकामा १० प्रशित बढी पोजेटिभ

भारतका बिभिन्न राज्यबाट सुदूरपश्चिम भित्रिएकाहरुमा पनि कोरोनाभाइरस संक्रमण दर १०.५ प्रतिशत रहेको छ। भारतको बिभिन्न प्रान्तबाट कञ्चनपुरको गड्डाचौकी भन्सार, बैतडीको जुलाघाट, कैलालीको गौरीफन्टा, दार्चुलाको पुलघाट र जोलाजिमी नाका भएर सुदूरपश्चिम भित्रिएका २४.८२ प्रतिशतको एन्टीजेन परीक्षणमा १०.५ प्रतिशतमा कोरोनाभाइरस संक्रमण देखिएको छ। 

पाँच वटा नाका भएर दुई सातामा सुदूरपश्चिम भित्रिएका १३ हजार ९ सय २ जनामध्ये ३ हजार ४ सय ५१ जनाको एन्टीजेन परीक्षणमा ३ सय ६३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। 

निर्देशनालयका अनुसार बैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म १२२९, ५७१, १०२२, १४४५, ३७७, ११५२, ११४३, ११४३, १३४३, ८८०, १०१५, ८९२, ८४५, ८४५ भित्रिएकामध्ये क्रमशः ३१२, ३१८,२२४, २४८, ३३८, ४१२, २५१, २५१, ४३३, २२३, २३५, २३१, ११३, ८४५ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ३४, ३४, ३१, २८, ३२, ४३, २६, २६, ४३, १८, १०, २४, ७, ७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।

प्रकाशित: May 18, 2021| 09:20 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।