शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बिएण्डसीको सम्बन्धन प्रक्रिया रोक्न डा. गोविन्द केसीको माग

बिएण्डसीको सम्बन्धन प्रक्रिया रोक्न डा. गोविन्द केसीको माग

काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएपछि डा. गोविन्द केसीले त्यसको विरोध गरेका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएपछि डा. गोविन्द केसीले त्यसको विरोध गरेका छन्। आइतबारमात्रै बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई काठमाडौं विश्वविद्यालयले पत्र पठाएपछि डा. केसीले विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन्।  

triton college

विश्वविद्यालयका पदाधिकारीले पदको दुरुपयोग गरी अवैध कदम चालेको भन्दै उनले विरोध गरेका हुन्। डा. केसीले विज्ञप्ति जारी गर्दै हाल कायम ऐनका प्रावधानहरू नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयूले अवैध रूपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय रहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको अवैध कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’   

प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा त्यस्तो निर्णय भएको भन्दै डा. केसीले आयोगलाई लत्याउँदै आपराधिक चरित्रका नेताहरुको इशारामा भएको निर्णय स्विकार्य नभएको जनाएका छन्। ‘चिकित्सा शिक्षा ऐन अनुसार कुनै पनि विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्दैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘केयुले यस अगाडि नै त्यसभन्दा निकै बढी संख्यामा निजी मेडिकल कलेजहरुलाई धन्दा चलाउने अनुमति दिइसकेको छ।’

निरीक्षणको फर्जी कागज बनाएर अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गरेको उनले बताएका छन्। काठमाडौं विश्वविद्यालयले गरेको भनिएको फर्जी निरीक्षण प्रतिवेदन तथा त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न उनको माग छ। 


 

corrent noodles
Metro Mart

प्रकाशित: May 18, 2021| 08:35 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।