बिहीबार, वैशाख १३, २०८१

एसईई र एसएलसी परीक्षाबारे छिटै टुंगाे लगाउँदै सरकार

माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम परीक्षा (एसएलसी)  सञ्चालन गर्ने वा नगर्ने, मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले केही दिनमा निर्णय गर्ने जनाएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम परीक्षा (एसएलसी)  सञ्चालन गर्ने वा नगर्ने, मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले केही दिनमा निर्णय गर्ने जनाएको छ।

triton college

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि स्थगित भएको परीक्षाको मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले केही दिनमा निर्णय गर्ने भएको हो।

एसईईको परीक्षा जेठ १३ तथा कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने तयारी भए पनि बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। कार्यदलले सरोकारवालासँग छलफल गरेर केही दिनभित्रै रिपोर्ट दिने अर्यालले बताए। 

उनले भने, ‘विपदको समयमा कसरी परीक्षा सञ्चालन गर्ने भन्ने अध्ययन भइरहेको छ। मूल्याङ्कन पद्धतिमा कुन विधि अपनाउने भन्ने विषयमा छलफल चलिरहेको छ। सबैको राय लिएर एउटा निष्कर्षमा पुग्छौं।’ शिक्षक, अभिभावक, विद्यालय सञ्चालक, शिक्षाविद्, विद्यार्थी तथा नीति निर्मातासँग छलफल गरेर कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाउने अर्यालको भनाइ थियो।
 

प्रकाशित: May 17, 2021| 13:13 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्