मंगलबार, वैशाख ४, २०८१

तातोपानी नाकाबाट २५ सय अक्सिजन सिलिण्डर भित्रियो

तातोपानी नाकाबाट पहिलोपटक २ हजार ५०० अक्सिजन सिलिण्डर नेपाल भित्रिएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं- तातोपानी नाकाबाट पहिलोपटक २ हजार ५०० अक्सिजन सिलिण्डर नेपाल भित्रिएको छ। ती सिलिण्डर निजी आयातकर्ता हिमा ट्रेड लिंक प्रालिले चीनबाट तातोपानी नाका हुँदै सोमबार नेपाल भित्र्याएको हो। 

triton college

चीनबाट ल्याइएका सिलिन्डरमा १० लिटर अक्सिजन ग्यास अट्छ। चीनबाट सोमबार नेपाल भित्रिएका ८ वटा कन्टेनरमध्ये दुईवटामा अक्सिजन सिलिण्डर रहेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ। 

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार स्वास्थ्य सामाग्री चेक जाँचका लागि क्युमा पनि नराखिने र राजश्व पनि नलाग्ने भएकोले छिटै नै भन्सार प्रकृया पूरा गरेर काठमाडौ आउने छ। 

हिमा ट्रेड लिंकले कुल ७ हजार ५०० वटा सिलिण्डर खरिद गरिएकोमा २ हजार ५०० सिलिन्डर नेपाल आएको छ। बाँकी ५ हजार सिलिण्डर खासामा आइपुगेको पनि सिल्क ट्रान्सपोर्टले जनाएको छ। 

प्रकाशित: May 17, 2021| 10:17 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।