काठमाडौं- शंखमुलस्थित यूएनपार्क नजिकै सरकारी गाडीमा आगजनी भएको छ ।
आइतबार दिउँसो, राजश्व अनुसन्धान तालिम केन्द्र, हरिहर भवनको बा१झ ८८१८ नम्बरको गाडीमा आगजनी भएको हो ।
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले आगजनी गरेको जनाएको छ । नेविसंघका एक नेताका अनुसार 'मूल्यवृद्धिको विरोधमा सरकारी गाडीमा आगजनी गरिएको हो ।'
नेवि संघले मूल्यवृद्धिको विरोधमा धर्नालगायतका विरोधका कार्यक्रम गरिरहेको छ ।
नेविसंघले आगजनीको जिम्मा लिए पनि प्रहरीले आगजनी गर्नेको खोजी जारी रहेको जनाएको छ । गाडीमा चालक नकुल लुइटेलमात्र थिए । गाडी क्षतिग्रस्त अवस्थामा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४