बिहीबार, वैशाख १३, २०८१

‘अनस्टेबल’ ललितपुर सिटी

लिग चरणमै बस्ला भनिएको लाखेले इलिमिनेटर पार गरेर दोस्रो क्वालिफायरसम्म पुग्यो। ललितपुरलाई लिगभरि भ्याली डर्बी मात्र थ्रेट बन्यो। उसले काठमाडौं रेजर्सबाहेक अन्य टिमसँग हार्न परेन।
 |  सोमबार, जेठ ३, २०७८

विनय सापकोटा

विनय सापकोटा

सोमबार, जेठ ३, २०७८

काठमाडौं - शनिबार सम्पन्न पहिलो संस्करणको नेपाल सुपर लिगमा धेरै कुरा स्मरणीय रहे। त्यसमा साँच्चै चमत्कारिक देखिए आर्मीका प्रशिक्षक राजु तामाङ। 

triton college

राष्ट्रिय फुटबल टिमका साथै त्रिभुवन आर्मी क्लबका पूर्वखेलाडी र हालका प्रशिक्षक रहे पनि उनी हालसालै सम्पन्न नेपाल सुपर लिगमा फ्रेन्चाइज क्लब ललितपुर सिटी फुटबल क्लबका सहायक प्रशिक्षक चुनिएका थिए।

त्यसैले उनलाई आर्मीका प्रशिक्षक नभनेर ललितपुरका प्रशिक्षकभन्दा अहिलेलाई न्याय हुन्छ। उनले ललितपुरलाई जसरी खेलाए त्यो नेपाली फुटबलमा बिरलै मात्र देखिने गरेको छ।

लिग सुरु हुँदै गर्दा ललितपुरका मुख्य प्रशिक्षक थिए प्रदीप हुमागाईं। ए डिभिजन लिग क्लब सम्हालिसकेका हुमागाईं १३ वर्षपछि नेपाली खेलकुदमा फर्कंदा उनले कस्तो खेलाउलान् ? धेरैलाई चासो थियो।

उनको रणनीतिमा खेलाडीले खेल्न सके, गोल गर्न सकेनन्। अट्याकिङ थर्डमा जम्न सकेनन्। विपक्षी टिमको फरवार्डलाई छलेर मिडफिल्डमा संघर्ष गर्दै डिफेन्सको वाल तोडेर पेनाल्टी बक्समा पुर्‍याएर गरिएको प्रहारले पोस्टको जाली चुम्न सकेको थिएन।

corrent noodles
Metro Mart

‘खै ! केही भन्नै सकेको छैन। कहिले कताबाट रोकिन्छ कहिले कताबाट। पोस्ट अटेम्प्ट पनि गरेको, पोसेसन छ तर स्कोर भइरहेको छैन,’ लगातार तेस्रो खेलमा जित निकाल्न नसकेपछि दुखित मुद्रामा हुमागाईंले खेलपछि दुखेसो पोखेका थिए, ‘हेर्दै जाऔं, अब तीन खेल बाँकी छ।’

उनले अर्को खेलसम्म हेरे। लाग्छ हेरे मात्र। किनभने टिममा कुनै प्रगति देखिएन। 

पहिलो खेलमा हार बेहोरेको ललितपुरले दुई खेल बराबरी गर्दै चौथो खेलमा पनि बराबरीमा रोकियो। भनौँ गोलरहित बराबरीमा रोकियो।

चलाख प्रशिक्षक भएका भए ‘हामीले क्लिन सिट पनि राखेका छौं नि !’ भन्थे होलान्। उनले भनेनन्। बरु भने, ‘सायद प्रशिक्षण केही कमी कमजोरी भयो होला। यसलाई सुधार्ने काम हुनेछ। अवस्था हेर्दा लाग्छ अब ललितपुर भगवान् भरोसाामा बाँच्ने छ।’

त्यही राति उनी क्लबबाट बर्खास्त भए।

‘पहिलोपटक अक्सनमा बस्दा एक्साइटेड थियौँ। लिस्ट बनाएका थियौँ। जे होस् टिम चाहिँ सोचेको जस्तै भएको छ। किपरलगायतका १–२ जनालाई लकले फेभर गरेन। ओभरअल हिसाबले सबै ठाउँमा उत्कृष्ट खेलाडी हामीले पायौँ। यी सबै कुराहरूले अर्को वर्षका लागि तयारी गर्ने वातावरण पनि बनेको छ,’ चैत ६ गते पहिलो फ्रेन्चाइज फुटबलको अक्सन सकिएपछि ललितपुरका मार्की अन्जन विष्टले भनेका थिए।

उनले थपे, ‘अक्सनमा परेका खेलाडीले आफूलाई प्रमाणित गर्ने मौका पाएका छन्। यसले खेलाडी जन्माउँछ र नेपाली फुटबल अघि बढ्छ भन्ने अनुमान छ। जित्नका लागि खेल्ने हो। खेल जुनै होस् उपाधिका लागि खेल्ने हो। त्यसरी नै तयारी गर्नेछौं।’

अक्सनमा १२ लाख १५ हजार खर्च गरेको ललितपुरले विष्टले भनेजस्तै राम्रो तयारी गर्‍यौं। क्रोएसियाका नुर्लान नोब्रुजव, विलिम पोसिन्कोभिक र अफ्रिकन डिफेन्डर पिटर सेगुन उसको विदेशी खेलाडीको लिस्टमा परे। उनीहरू आए सकेको खेले। तर, विदेशी फरवार्डद्वयले सोचिएको जस्तो प्रदर्शन गरेनन्।

चार खेल खेलिसक्दा उसले ९ अंक गुमाएर तीन अंक मात्र टेबलमा दाखिला गरेको थियोे। प्रशिक्षक हुमागाईं क्लबको धरापमा परिसकेका थिए। अझ भनौं अन्तर्राष्ट्रिय फुटबलमा प्रयोग गरिँदै आएको शैली नेपाली फुटबलमा ललितपुरले पहिलोपटक गर्‍यो, हुमागाईंलाई बर्खास्त गरेर।

के त्यो नै ललितपुरको टर्निङ प्वाइन्ट थियो ? खैर जे होस् पाँचौ चरणको खेलमा ललितपुरले पहिलो जित निकाल्यो। र, लिगमा सबैभन्दा पछि जित निकाल्ने टिम बन्यो।

त्यो जितअघि उसको प्ले अफ सम्भावना क्षीण थियो। त्यो खेलले नै हो उसको शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको। उसले बुटवलविरुद्ध एक गोल गरेर जित निकालेको थियो।।

 

नेपाली राष्ट्रिय टिमका हेड कोच अब्दुल्लाह अलमुताइरीको शब्दमा भन्ने हो भने एनएएलमा सबैभन्दा बलियो टिम हो विराटनगर सिटी फुटबल क्लब। उसले लिगमा धेरै राम्रो खेल्यो।

ललितपुरले लिगको अन्तिम खेल विराटनगरसँग खेल्नुपर्ने थियो। दुवै टिमका लागि त्यो खेल प्ले अफमा पुग्नुपर्ने एकमात्र बाटो थियो। बलियो विराटनगरमाथि उसले ४–० गोलको जित निकाल्यो।

ललितपुरका लागि यो असम्भव सम्भव भएजस्तो भएको थियो। प्रशिक्षक हुमागाईं भनेजस्तै उसको पछिल्ला दुई खेल भगवान‍्ले उपहार दिएजस्तै भयो। ललितपुरको ट्याग नै छ ‘आयो लाखे।’

उसले ती दुई खेल जितेपछि प्रशिक्षक तामाङले भनेका थिए, ‘लाखेलाई जगाउन निकै मुस्किल पर्छ। तर लाखे जागिसकेपछि यो हत्पत बस्दैन।’

हो साँच्चै ! लिग चरणमै बस्ला भनिएको लाखेले इलिमिनेटर पार गरेर दोस्रो क्वालिफायरसम्म पुग्यो। ललितपुरलाई लिगभरि भ्याली डर्बी मात्र थ्रेट बन्यो। उसले काठमाडौं रेजर्सबाहेक अन्य टिमसँग हार्न परेन।

लिग चरणमा तेस्रो भएर प्ले अफमा पुगेको ललितपुरले बुटवल लुम्बिनीलाई फेरि जित्यो। तर, दोस्रो क्वालिफायरमा काठमाडौंसँग ३–० गोलले हार्‍यो। अनि मात्र सेलायो लाखे।

लाखे सेलाएको साँझ प्रशिक्षक तामाङले भने, ‘ललितपुर लाखेका खेलाडी थाकेकाले खेल्न सकेनन्। खेलको सुरुमा अवसर त पाएका थिए तर त्यसलाई सदुपयोग गर्न सकिएन।’

ललितपुरको खेल निकै अनस्टेबल बन्यो। त्यो कसरी भने उसले चितवनविरुद्ध र धनगढीविरुद्ध गरी दुई पेनाल्टीको अवसर पायो। तर, दुवै पटक गोल गर्न सकेन। समर्थकलाई लागेको हुँदो हो, अब ललितपुरले गोल गर्दैन।

गरे पनि, रिटर्न खान्छ। लिगको खेलका क्रममा उसको रिसको पारो पनि निकै माथि पुगेको थियो। धनगढीविरुद्धको खेलमा फलको वर्षा हुँदा ललितपुरका खेलाडी निकै आक्रोशित बनेका थिए।

चौथो खेलमा अप्रत्यासित जित निकाल्दा धेरै हौसिए पनि। विराटनगरविरुद्धको खेलका क्रममा लिगको सर्वाधिक गोलअन्तरको जित ललितपुरले नै निकाल्यो। त्यति बलियो विराटनगरविरुद्ध कुनै गोल नखाई चार गोल गर्न ललितपुरलाई कति क्षमता चाहिएको थियो होला। उसले भएको शक्ति देखायो। र, जित्यो पनि।

अनि काठमाडौंविरुद्धको खेलमा ललितपुरका प्रवेश कुँवरको इन्टेनसनल फलले उसको अन्तिम खेलको प्रदर्शनलाई निकै खल्लो बनायो। यद्यपि बाँकी कुरामा अघि रहँदै लिगमा तेस्रो भएर ललितपुरले पहिलो सिजनको एनएसएल खेल्यो।

‘सायद यो वर्ष हाम्रो गन्तव्य यति नै थियो। अन्त्यमा म आर्मी क्लब र ललितपुर क्लबलाई धन्यवाद दिन चाहन्छु। यो निकै राम्रो अवसर थियो,’ लिगबाट बिदा माग्दै प्रशिक्षक तामाङले फेसबुक स्टाटसमा लेखेका छन्, ‘यो लिगमा आफूलाई प्रमाणित गर्ने अवसर मिल्यो। यसले मेरो शरीरमा शक्ति सिञ्चित भएको छ। हामीले उपाधि त जित्न सकेनौँ। त्यसैले सरी ! हामी अर्को सिजनमा अझै बलियो बनेर आउने छौं।’

लिगमा ललितपुरको नतिजा 

काठमाडौं र ललितपुर (१–०)

ललितपुर र चितवन (१–१)

ललितपुर र धनगढी (१–१)

पोखरा र ललितपुर (०–०)

ललितपुर र बुटबल (१–०)

ललितपुर र विराटनगर (४–०)

ललितपुर र बुटवल (१–०)

काठमाडौं र ललितपुर (३–०)

ललितपुरका गोलकर्ता:

अन्जन विष्ट – ३

नुर्लान जाहिद – २

रन्जन विष्ट  – १

कमल श्रेष्ठ – १

विमल राना – १

खेलः ८,   जितः ३   हारः २ बराबरीः ३

गोल गरेकोः ८

गोल खाएकोः ६
 

प्रकाशित: May 17, 2021| 03:30 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।