काठमाडौं - इटालियन सिरी ए मा सानदार सुरुआत गर्दै शीर्षस्थानमा अग्रता कायम गरिरहेको एसी मिलान आइतबार रातिको खेलमा बराबरीमा रोकिएको छ।
एसी मिलानको सान सिरो रंगशालामा सम्पन्न खेलमा उसले क्यालिग्रीविरुद्ध बल पोसेसनसमेत गुमाउँदै बराबरीमा रोकिएको हो।
खेल अवधिभर मिलानले २१ पटक प्रहार गरे पनि कुनै प्रहार गोलमा परिणत बन्न सकेन। यता क्यालिग्रीले सातपटक गरेको प्रहार पनि खेर गएको थियो।
यो गोलरहित बराबरीसँगै मिलानले तेस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ। ऊ अहिले ७६ अंकका साथ चौथो स्थानमा छ।
शीर्ष चारका लागि प्रतिस्पर्धा भइरहेको अवस्थामा ७५ अंक बनाएको युभेन्टस पाँचौ स्थानमा छ भने ७६ अंकको नापोली तेस्रो स्थानमा छ।
तेस्रो स्थानको नापोलीभन्दा १२ अंक र दोस्रो स्थानको एटलान्टाभन्दा १० अंकअघि रहेको इन्टर मिलानले ८८ अंक बनाउँदै लिग जितिसकेको छ।