शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेश : दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गरिने

कर्णाली प्रदेश : दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गरिने

कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने भएको छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

सुर्खेत - कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने भएको छ। 

triton college

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो। 

‘डोल्पा, मुगु र हुम्लामा संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको छ,’ प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले भने, ‘जिल्लामा उपचार सम्भव नभएका संक्रमितलाई कोरोना विशेष अस्पतालमा लिएर उपचार गर्छाैँ।’

जिल्लामा उपचार सम्भव नभएका संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइने छ। सरकारले निजी सेवा प्रदायक कम्पनीका हेलिकप्टर चार्टर गर्नेछ।

मन्त्रिपरिषद्को बैठकले संक्रमित बिरामीको उद्धारका लागि सरकारले एक करोड बजेट छुट्याएको छ। यसअघि दुर्गमका संक्रमितले सातदेखि १० लाखसम्ममा हेलिकप्टर चार्टर गरेर उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने बाध्यता थियो।

corrent noodles
Metro Mart

यस्तै मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिण्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि पाँच करोड ४५ लाख र रेम्डिसिभिर लगायतका औषधि खरिदका लागि एक करोड बजेट छुट्याइएको छ। 

उल्लेखित सबै स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई अनुमति दिने निर्णय गरिएको हो।

प्रकाशित: May 17, 2021| 01:47 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।