बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्षीय कार्यदललाई निर्देशन– ०७५ जेठ २ को सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नहुनू

नेपाल पक्षीय कार्यदललाई निर्देशन– ०७५ जेठ २ को सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नहुनू

एमालेकाे माधवकुमार नेपाल पक्षले पार्टी विवाद समाधानका लागि गठित कार्यदललाई ०७५ जेठ २ गतेको सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नगर्न निर्देशन दिएको छ।
 |  आइतबार, जेठ २, २०७८

बीपी अनमोल

बीपी अनमोल

आइतबार, जेठ २, २०७८

काठमाडौं– एमालेकाे माधवकुमार नेपाल पक्षले पार्टी विवाद समाधानका लागि गठित कार्यदललाई ०७५ जेठ २ गतेको सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नगर्न निर्देशन दिएको छ। नेताहरुले कार्यदलका सदस्यहरूलाई आइतबार यस्तो निर्देशन दिएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए। 

triton college

एमालेको आन्तरिक एकता कायम अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षले कार्यदल गठन गरेका थिए। सिंहदरबारमा दुई नेताहरुबीचको वार्तापछि आइतबार कार्यदलले पूर्णता पाएको थियो। कार्यदल बनेलगत्तै नेपाल पक्षको भर्चुअल स्थायी कमिटीको बैठक बसेको थियो। बैठकले २०७५ जेठ २ को केन्द्रीय कमिटी बैठकलाई नै आधार मानेर अघि बढ्न कार्यदलका सदस्यहरुलाई निर्देशन दिएको नेता ज्ञवालीले जानकारी दिए। 

‘जेठ २ को केन्द्रीय कमिटीलाई आधार बनाएर अगाडि बढ्नुपर्छ भन्ने नेतृत्वको निर्देशन हो,’ ज्ञवालीले भने, ‘त्यस बेला के थियो भन्ने रेकर्डमा छँँदै छ। माइन्युट हेरे थाहा भइहाल्छ। त्यसबाट एक इन्च पनि यताउता गर्नु जरुरी छैन।’

‘जेठ २ को केन्द्रीय कमिटीलाई आधार बनाएर अगाडि बढ्नुपर्छ भन्ने नेतृत्वको निर्देशन हो,’ ज्ञवालीले भने, ‘त्यस बेला के थियो भन्ने रेकर्डमा छँँदै छ। माइन्युट हेरे थाहा भइहाल्छ। त्यसबाट एक इन्च पनि यताउता गर्नु जरुरी छैन।’ उनले कार्यदलका सदस्यहरुलाई यही विषयमा निर्देशन दिएको र त्यसैअनुसार प्रस्तुत हुन भनिएको बताए।

 एमाले स्थायी कमिटी सदस्य युवराज ज्ञवाली

त्यतिबेला केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक बस्ने अरु सबै निर्णय संस्थागत गरेर अगाडि बढ्नुपर्ने आफूहरुको निष्कर्ष रहेको उनले सुनाए। ‘फागुन २३ यता जति निर्णय भएका छन् ती सबै खारेज गरिदिनुपर्छ। खारेज नगरेर पूर्ववत्् अवस्थामा फर्किने अवस्था रहँदैन,’ उनले भने, ‘पूर्ववत् अवस्थामा फर्किने र २३ यताका निर्णय खारेज गर्ने कुरा आपसमा जोडिएको छ।’ 

corrent noodles
Metro Mart

उनले जति सक्दो छिटो कार्यदलले काम सकेर जानुपर्छ भन्ने नै छलफलको निचोड रहेको बताए। ‘हाम्रो पहिलेदेखि नै अधिकतम प्रयास भनेको एकता सफल होस् भन्ने नै हो,’ ज्ञवालीले भने, ‘एकता हुन नसक्ने स्थितिमा अर्को बाटो समाउनुपर्ने हुन्छ नै। तर, पहिलो र अन्तिम प्रयास एकताका लागि नै गर्नुपर्छ भन्ने सुरुदेखि नै स्पष्ट दृष्टिकोण हो।’ 

२०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्रसँग एकता हुनुपूर्व नवौं महाधिवेशनबाट निर्वाचित भएको पार्टीको संरचनाअनुसार रहेको स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीको निर्णय नै अहिलेको मुख्य आधार रहेको माधव झलनाथ पक्षको निष्कर्ष छ। 

कार्यदललाई फागुन २३ यता दुवै पक्षले केन्द्रदेखि तल्लो तहसम्म बनाएका कमिटी सबै विघटन गरेर नयाँ शिराबाट अघि बढ्ने विषयलाई पनि ध्यानमा राख्न भनिएको छ। कार्यदलमा यो पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन्। त्यस्तै अध्यक्ष ओलीका तर्फबाट एमाले संसदीय दलका नेता सुवास नेम्बाङको नेतृत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य छन्। २०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। 

नेकपा एमालेको २०७५ जेठ २ सम्म सांगठनिक संरचना २०३ सदस्यीय केन्द्रीय कमिटी, २३ सदस्यीय पोलिटब्युरो, ४ जना उपाध्यक्ष, ५ जना सचिव र २ जना वरिष्ठ नेता र एक अध्यक्षसहितको पदाधिकारी थियो।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा फैसला सुनाउँदै दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएको थियो। त्यसपछि अध्यक्ष ओलीले एमालेलाई एकतापूर्वको अवस्थामा नलगेर एकलौटी अघि बढेको भन्दै माधव झलनाथ पक्षले समानान्तर कमिटी सञ्चालन गरिरहेको थियो। विभाजनको अवस्थामा पुगेको एमालेको राजनीतिमा गत बिहीबार देखि नयाँ मोड सुरु भएको हो। 

नेकपा एमालेको २०७५ जेठ २ सम्म सांगठनिक संरचना २०३ सदस्यीय केन्द्रीय कमिटी, २३ सदस्यीय पोलिटब्युरो, ४ जना उपाध्यक्ष, ५ जना सचिव र २ जना वरिष्ठ नेता र एक अध्यक्षसहितको पदाधिकारी थियो।

त्यस्तै प्रदेश, जिल्ला र पालिकास्तरका एमालेका साविकका कमिटी थिए। फागुन २३ पछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक राखेर सम्पूर्ण संरचना खारेज गर्दै दसौं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए। विवाद समाधन भए फागुन २३ पछिका सबै निर्णय खारेज भएर एमाले नवौं महाधिवेशनबाट बनेको संरचना पुग्नेछ।

प्रकाशित: May 16, 2021| 16:13 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।