बिहीबार, वैशाख ६, २०८१

'सरकारले हिँडदै गरेको मान्छेलाई श्वास रोक भन्न मिल्छ ?'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– सांसद तथा नेपाल कम्युनिस्ट पार्टीका सदस्य यज्ञराज सुनुवारले सरकारले बीपी राजमर्गमा ठूला गाडि बन्द गरेर जनतालाई दुख दिएको आरोप लगाएका छन् । आईतबार संसदको शुन्य समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । 

‘हिडदै गरेको मान्छेलाई श्वास रोक भनेर सरकारले भन्न मिल्छ ? सोलु खोटाङ ओखलढुंगा र दोलाखाका जनतालाई यही भनाई लागु भएको छ,’ सुनुवारले भने ।

१० टन भन्दा बढिका गाडि चल्न नदिने सरकारी निर्णयले ती जिल्लाका जनताले मार ब्याहोर्नु परेको  उनले बताए ।  सरकारको यो निर्णयले ओखलढुंगाका लागि माल बोकेर गएका सामान सिन्धुली र महोत्तारीको सिमा क्षेत्रमा थन्किएर बसेका  र दैनिक उपभोग्य सामानको अभाव भएको बताए ।  

उनले  भने ‘पेट्रोलियम पदार्थ नहुँदा सबारी साधन गुड्न छोडेका छन् । सरकारले  भूकम्प पुन निर्माणमा दोस्रो किस्ता निकासका लागि असार मसान्त सम्मको आदेश दिएको छ । तर पुन निर्माण सामाग्री बोकेका ट्रकबीच बाटोमा थन्किएका छन् ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।