बुधबार, वैशाख १२, २०८१

नेपाल प्रहरीमा एआईजी तीन, सशस्त्रमा दुई मात्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी घटाएको छ । 

मन्त्रिपरिषद् बैठकले आइतबार नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई मात्र एआईजी राख्ने निर्णय गरेको हो । नेपाल प्रहरीमा एआईजी संख्या सातबाट १५ सम्म पुगेको थियो । सशस्त्रमा पनि १० एआईजी थिए । 

सशस्त्र प्रहरीमा हाल रहेका एआईजीहरूको दरबन्दी मिलान कसरी गर्ने भन्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छैन । नेपाल प्रहरी अस्पतालमा मात्र अहिले एआईजी छन् । प्रशासनतर्फका एआईजीहरू बढुवा भएका छैनन् । 

हालसम्म नेपाल प्रहरीमा प्रशासन, कार्य, अपराध अनुसन्धान र मानवस्रोत विभाग तथा महानगरीय प्रहरी आयुक्तको कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र अस्पतालको कमान्ड एआईजीले गर्दै आएका थिए । 

प्रहरी प्रधान कार्यालयका तीन वटा विभागको कमान्डमा मात्र एआईजीहरू रहने स्रोतको भनाइ छ । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले मन्त्रिपरिषद्को निर्णय प्राप्त भइनसकेकाले त्यसबारे विस्तृत जानकारी नभएको बताए ।

नेपाल प्रहरीमा आगामी तीन वर्षभित्र पदपूर्ति गर्ने गरी १६ सय दरबन्दी थपिएको छ । जसमा थप एक एआईजी प्राविधिक, १४ एसपी, १२ डीएसपी र ५० इन्स्पेक्टरको दरबन्दी बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।