शुक्रबार, वैशाख ७, २०८१

इजरायली सेनाले आज गरेको आक्रमणमा गाजामा २६ जनाको मृत्यु

इजरायली सेनाले प्यालेस्टाइनकाे गाजा पट्टीमा आइतबार बिहानै गरेको हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। हवाई आक्रमणमा झण्डै ५० जना घाइते भएको बताइएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

एजेन्सी- इजरायली सेनाले प्यालेस्टाइनकाे गाजा पट्टीमा आइतबार बिहानै गरेको हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। हवाई आक्रमणमा झण्डै ५० जना घाइते भएको बताइएको छ।

triton college

इजरायली सेनाले दुईवटा आवसीय भवनमा रकेट आक्रमण गरेको थियो। आक्रमणले भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन्। हमासका प्रमुख यह्या अल सिनवारको आवासलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै अल जजीराले जनाएको छ।

हमास र इजरायली सेनाको जारी युद्धका कारण इजरायलका हजारौँ मानिस तेल अभिवस्थित सेल्टरतर्फ लागेका छन्।
सहरमा चेतावनीका साइरनहरु बज्न थालेपछि बम आक्रमणबाट जोगिन तेल अभिवका ठूला सेल्टरहरुमा मानिसहरु जान थालेका हुन्।

जारी युद्धमा इजरायलको आक्रमणमा परी गाजामा १७० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा कम्तीमा ४१ बालबालिका छन्।

हिंसामा एक हजारभन्दा बढी घाइते भएको जनाइएको छ। तुलनात्मक रुपमा शान्त मानिने वेस्ट ब्यांक सहरमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

corrent noodles
Metro Mart

यसअघि इजरायली सेनाले गाजामा रहेको अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरुको सम्पर्क कार्यालयमा रकेट आक्रमण गरेको थियो। अल जजीरा, एपीलगायतका सञ्चारमाधयमको कार्यालय रहेको १५ तले भवन इजरायलले नष्ट गरिदिएको छ।

प्रकाशित: May 16, 2021| 09:23 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।