काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा बसिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा जारी बैठकले बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्ने विषयमाथि छलफल गरी थप निर्णय लिने उपप्रधानमन्त्री एवम् सीसीएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिए।
सीसीएमसीको आजको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका थिए। सीसीएमसीको बैठकमा केहीबेर बसेर उनी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ता गरिरहेका छन्।