बिहीबार, वैशाख १३, २०८१

एनएमबि बैंकमा अनलाइन केवाईसी भरेर खाता खोल्न सकिने

 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– एनएमबि बैंकले अनलाइन केवाईसीको सुरुवात गरेको छ । उक्त सेवाको सुरुवातसँगै एनएमबि बैंकका ग्राहकहरूले आफ्नोे घर वा कार्यालयबाट केवाईसी विवरणहरू अनलाइन अपडेट गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल र सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।

अनलाइन खाता खोल्दा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा जानुपर्ने हुन्छ । तर,  खाता सक्रिय गर्नका लागि हस्ताक्षरबाहेक कुनै पनि फारम भने भर्नु नपर्ने बैंकले जनाएको छ ।

प्रकाशित: May 16, 2021| 07:16 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्