शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इजरायलकाे निशानामा मिडिया, ध्वस्त बनाइयाे अलजजिरा रहेकाे १५ तले भवन

इजरायलकाे निशानामा मिडिया, ध्वस्त बनाइयाे अलजजिरा रहेकाे १५ तले भवन

इजरायल र गाजाबीचको बमबारी सुरू भएकाे एक हप्ता पुगेको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं - इजरायल र गाजाबीचको बमबारी सुरू भएकाे एक हप्ता पुगेको छ। अहिलेसम्म पनि बमबारी भने रोकिएको छैन। बरु विभिन्न भवनहरूलाई निशाना बनाइएको छ। 

triton college

शनिबार मात्रै इजरायलले गाजामा रहेको १५ तले भवनमा आक्रमण गर्‍यो, जहाँ अलजजिरा र एपीको कार्यालय थियो। 

अलजजिराका कार्यावाहक महानिर्देशक डा. मुस्तफा स्वेगले यसलाई युद्ध अपराध भनेका छन्। ‘गाजामा रहेको अलजाला टावरमा हमला गरिएको छ, जहाँ अलजजीरालगायत अन्य मिडिया संस्थानका कार्यलयहरू थिए,’ उनले भनेका छन्, ‘यो मानवअधिकारको उल्लंघन हो र अन्तर्राष्ट्रियस्तरमा यसलाई युद्ध अपराध मानिन्छ।’

अलजजीराले बयान जारी गरेर भनेको छ, ‘इजरायली सरकारको यो कदमको उद्देश्य मिडियालाई चुप गराउनु र गाजामा जे भइरहेको छ यो दुनियाँ सामु नआउन दिनु हो।’

corrent noodles
Metro Mart

यस्तै गाजामा भएको बमबारीपछि अमेरिकाले इजरायललाई पत्रकारको सुरक्षा सुनिश्चित गर्न भनेको छ। 

ह्वाइट हाउस प्रवक्ता जेन साकीले ट्वीट गरेर भनेकी छन्, ‘हामीले इजरायललाई भनेका छौं, सबै पत्रकार र स्वतन्त्र मिडियाको सुरक्षा सुनिश्चित गर्नु उसको अहम् जिम्मेवारी हो।’

आक्रमणअघि भवन छोड्न चेतावनी दिएकाले सो भवनमा रहेका पत्रकारहरू सुरक्षित रहेको बताइएको छ। 

इजरायलको आक्रमणमामा परी अहिलेसम्म गाजामा कम्तीमा १४९ जनाले ज्यान गुमाएमा छन्। 

प्रकाशित: May 16, 2021| 02:36 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।